काठमाण्डौ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस रोकथामका लागि कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। 

द गभरमेन्ट कम्युनिकेसन अफिस कतारद्वारा आइतबार जारी सूचनामा कोरोनाभाइरस रोकथाममा उच्च सतर्क अपनाउनका लागि यस्तो निर्णय लिन बाध्य भएको जनाइएको छ। कतारले नेपालसहित बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। 

कतार नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुक हो। यहाँ बर्सेनि हजारौँ नेपाल रोजगारका लागि पुग्ने गरेका छन्। 

यो निर्णय यी १४ मुलुकबाट भिसा अन अराइभल, रेसिडेन्स, वर्क प्रमिट र अस्थायी भ्रमणका लागि आउनेहरुमा लागू हुने सूचनामा जनाइएको छ। 

यसैबीच कतार एयरलायन्सले इटालीमा हुने सम्पूर्ण हवाई सेवा बन्द गरेको छ।