काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि विभिन्न देशमा खोप विकास भइरहेका छन्। बेलायत र रुसमा त खोप विकास भएर पनि लगाउन सुरु सकिएको छ। अन्य देशमा पनि छिटै कोरोनाविरुद्धको खोप लगाउन सुरु हुनेछ।
यो महामारी नियन्त्रणका लागि सारा विश्व लागिपरिरहेकै बेला कोरोनाविरुद्धको खोप लुट्ने र नक्कली बनाउने गिरोह पनि सक्रिय हुन थालेका खबरहरु सार्वजनिक हुन थालेका छन्। यस्ता खबरहरु आउन थालेपछि विश्वका केही देशहरु अलर्ट हुन थालेका छन्।
बेलायतमा फाइजर र रुसमा स्पुतनिक–भी खोप लगाउन थालिएको छ। बेलायतसँगै वेल्स र स्कटल्यान्डमा मंगलबारबाट खोप लगाउन थालिएको हो।
द सनको रिपोर्टअनुसार सुरक्षा एजेन्सीहरुले खोपको सुरक्षाका विषयमा अलर्ट हुन आग्रह गरेका छन् । यी एजेन्सीहरुले आपराधिक गिरोहरुले बेलायतमा कोरोनाविरुद्धको खोप लुट्ने योजना बनाइरहेको खुलासा गरेका छन्। बेलायतमा फाइजर कम्पनीले बेल्जियमबाट खोप आपूर्ति गरिरहेको छ। बेलायतमा करिब ५० अस्पतालमा खोप दिन सुरु गरिएको छ।
सुरक्षा एजेन्सीहरुको आग्रहपछि बेलायतमा भ्याक्सिन आपूर्तिमा नजर राख्न सेन्ट्रल मोनिटरिङ स्टेसन खडा गरिएको छ। निकै ठूलो सुरक्षा व्यवस्थाबीच बेलायतमा खोपको आपूर्ति भइरहेको छ। खोपका लागि बेलायतमा सुरक्षा अलर्ट बढाइएको छ। यसका लागि करिब १४ हजार सैनिकका साथै अन्य सुरक्षाबल परिचालन गरिएको छ।
इन्टरपोलले पनि विश्वका विभिन्न देशलाई आपराधिक गिरोहले कोरोनाविरुद्धको खोप लुट्ने सक्ने भन्दै चेतावनी दिएको छ। इन्टरपोलले त्यस्ता गिरोहले भ्याक्सिन आपूर्तिमा रुकावट ल्याउन सक्ने जनाएको छ।
कोरोना भ्याक्सिन बन्यो ‘लिक्विड गोल्ड’
इन्टरपोलका सेक्रेटरी जनरल जुर्गन स्टकका अनुसार कम आपूर्ति र भारी मागका कारण आपराधिक गिरोहको नजर अहिले कोरोना खोपमा रहेको छ। किनकि अहिलेको अवस्थामा कोरोना खोप तरल सुन अर्थात लिक्विड गोल्डबराबर मूल्यवान बनेको छ।
ट्रकहरुमा जीपीएस अलर्ट
बेलायतमा यो लिक्विड गोल्डको डेलिभरी गर्ने ट्रकहरुलाई जीपीएस ट्रयाकिङले पछ्याउने काम थालिएको छ । त्यस्ता ट्रकहरुमा लकिङ र अलार्म पनि जडान गरिएका छन्।
नक्कली खोपबाट सावधान
इन्टरपोलले केही दिनअघि कोरोनाको नक्कली खोपका विषयमा पनि अलर्ट हुन चेतावनी दिएको छ। इन्टरपोलले विश्वभरका सुरक्षा एजेन्सीहरुलाई चेतावनी जारी गर्दै संगठित आपराधिक गिरोहले नक्कली खोप बजारमा ल्याउन सक्ने जनाएको छ।
इन्टरपोलले आफ्नो १९४ सदस्य राष्ट्रका प्रहरीलाई अरेन्ज अलर्ट जारी गरेको छ। जसमा भनिएको छ, ‘केही आपराधिक गिरोह डाइरेक्ट वा अनलाइन दुवै तरिकाबाट निसाना बनाउन सक्छन्। प्रहरी संगठनहरुले कोरोना खोपका विषयमा हुने अनलाइन विज्ञापनहरुमा नजर राख्नुपर्छ ।’– एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19