काठमाण्डौ। अमेरिकाको न्युयोर्क सहरमा विश्व महामारी कोरोनाभाइरस नियन्त्रणमा लिन सेना परिचालन गरिने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा १ हजार सैन्य मेडिकलकर्मी परिचालन गर्ने बताएका हुन्। यो महामारीबाट अमेरिकामा न्युयोर्क सहर निकै प्रभावित छ। 

बितेको २४ घन्टामा न्युयोर्कमा मात्रै ६३० जनाको ज्यान गएको छ। त्यहाँ हालसम्म ३ हजारभन्दा बढी संक्रमित भेटिएका छन्।

यद्यपि न्युयोर्कका गभर्नर एन्ड्रयुक्युमोले अहिलेसम्म परिस्थिति कठिन भइनसकेको र अस्पताल र स्वास्थ्यकर्मीहरु पनि तयारी अवस्थामा रहेको बताएका छन्। 

न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने करिब ४५ हजार अतिरिक्त स्वास्थ्यकर्मी आवश्यक पर्ने औंंल्याएका छन्। – एजेन्सी