कोरोना भाइरसबाट बच्नका लागि नेपालको लकडाउन जारी छ । यो बैशाख ३ गतेसम्म रहने सरकारको पछिल्लो घोषणामार्फत निश्चित भएको छ । मानिसहरु घरमा नै बन्द भएका छन् र सबै कुुरा यथावत छ ।
भागदौडको जिन्दगीमा अचानक लागेको यो ब्रेक र कोरोना भाइरसको डरले मानिसहरुको मानसिक स्वास्थ्यमा समेत प्रभाव पर्न सुुरु गरेको छ ।
यसबीच चिन्ता, डर, एक्लोपना र अनिश्चितताको माहौल बनेको छ । दिनरात मानिसहरु कोरोनाभाइरससँग जुुधिरहेका छन् ।
काठमाण्डौमा बसिरहेकी रमिला तिवारी दैनिक कोरोनाभाइरस, लकडाउन र अर्थव्यवस्थाका खबर पढ्छिन् ।
रमिलाको आफ्नै रेष्टुुरेण्ट छ, जुुन आज बन्द भएको छ, तर उनको खर्च भने पहिलेजस्तै चालूू छ ।
अगाडि आशा देखिँदैन
रमिला भन्छिन्–‘हाम्रो बिजनेस त लकडाउनका कारण पहिले नै धराशायी भइसकेको थियो । त्यसपछि पूूर्ण रुपमा नै बन्द भयो । अब त एक महिना पनि बित्न लाग्यो, तर अगाडि के हुुने हो थाहा छैन । एक बिजनेसवुुमन भएको नाताले आफ्नो कर्मचारीहरुको तलब दिन्छुु तर हाम्रो खर्च बाँड्ने कोही छैन । यो सबै सोच्दा कसैको पनि चिन्ता बढ्छ नै । म त पूरा एक वर्ष कुनै आशाको किरण उदाउने आशामा छैन ।’
कोही मानिसहरु हालको स्थितिमा डराइरहेका वा एक्लोपनको महसुुस गरिरहेका छन् ।
ललितपुरमा बस्दै आएकी सुनिता लकडाउनयता आफ्नो पति र बच्चाहरुसँग घरमै बसेकी छिन् ।
उनी भन्छिन्–‘सुुरुमा परिवारका साथ बस्दा राम्रो लागेको थियो र त्यो बेला कोरोना भाइरसको डर पनि धेरै थिएन । तर अब दैनिकजसो खबर हेर्दा डर लाग्छ कि हामीलाई के होला? मलाई बारम्बार परिवारमा कसैलाई कोरोना भाइरस लाग्छ कि जस्तो लाग्छ । यदि सरकारले लकडाउन खोल्यो भने पनि हामी सबै के गर्ने? कोरोना भाइरसजस्तै मेरो मस्तिष्कमा छाइरहन्छ ।’
कतिपय व्यक्तिहरु यो समयमा आफ्नो घर र साथीहरुबाट पनि टाढा छन् । एक्लै यो अवस्थासँग जुुुधिरहेका छन् । एउटा कोठामा बन्द अनिश्चित भविष्यको बारेमा सोचेर उनीहरुको मानसिक समस्या बढेको छ।
मानसिक स्वास्थ्य सम्बन्धी मनोवैज्ञानिक डाक्टरहरु भन्छन्–‘मानिसका लागि माहौल नै पूूरै बदलिएको छ । अचानक स्कूूल, अफिस, बिजनेस बन्द भइसके, बाहिर जान पर्दैन र दिनभर कोरोना भाइरसबारे खबर हेर्नुुपर्छ । यसको असर मानसिक स्वास्थ्यमा पर्नुु स्वभाविक हो ।’
मानिसहरुलाई तनाव हुुनुुुका ३ कारण छन् । जसमध्ये पहिलो कारण हो कोरोना भाइरसबाट संक्रमित हुुने डर । दोश्रो हो नोकरी वा कारोबारको अनिश्चितता र तेस्रो लकडाउनका कारण एक्लोपना ।
तनाव बढेपछि शरीरमा असर
डाक्टरहरु भन्छन्–‘यस्तो स्थितिको असर तनाव बढ्न थाल्छ । सामान्य तनाव त हाम्रो लागि राम्रै हुुन्छ यसबाट अगाडि बढ्न प्रोत्साहन मिल्छ तर धेरै तनाव दुुःख बन्छ । यो तब हुुन्छ, जब हाम्रो अगाडि जाने बाटो देखिँदैन । नर्भस हुुन्छ, ऊर्जाहीन महसुुस हुुन्छ । हाल महामारीले अनिश्चितता र भ्रम बढाइरहेको छ कि यो सबै ठीक कहिले हुुने हो, थाहै छैन । यस्तो बेला सबै तनावको खतरा हुुन्छ ।
तनावको असर शरीर, दिमाग, भावना र व्यवहारमा पर्दछ । हरेक व्यक्तिमा यसको असर भने अलग–अलग हुुन्छ ।’
शरीरमा असरः बारम्बार टाउको दुुख्ने, रोग प्रतिरोधक क्षमता कम हुुनुु, थकान र रक्तचापमा उत्तारचढाव
भावनात्मक असरः चिन्ता, रिस, डर, चिडचिडाहाट, उदासी र भ्रम
दिमागमा असरः बारम्बार नराम्रो विचार आउनुुु, जस्तो मेरो नोकरीबाट हात धुुनुुपर्ला, परिवार कसरी चलाउने, मलाई कोरोना भाइरस भए के गर्ने, सही र गलत छुुट्याउन नसक्नुु, ध्यान केन्द्रित गर्न नसक्नुु
व्यवहारमा असरः यस्तो बेला मानिस रक्सी, तम्बाकूू, सिगरेटको सेवन धेरै गर्न थाल्दछ । कोही धेरै टीभी हेर्न थाल्ने, कोही चिच्याउन थाल्ने, कोही भने मौन बस्ने
कसरी भगाउने तनाव ?
मानसिक तनावको स्थितिबाट बाहिर निकाल्न धेरै जरुरी छ नत्र तनाव अन्तहीन हुुनसक्छ । डाक्टरहरुका अनुसार तपाईँ कुुनै तरिकाबाट आफैं शान्त राख्न सक्नुुहुुन्छ ताकि तपाईँ स्वस्थ रहनुुहोस् ।
१.आफैं मानसिक रुपमा मजबुुत हुुन जरुरी छ । सबै ठीक हुुनेछ भन्नेमा केन्द्रित हुुँदै विश्व नै यो कोशिशमा जुुटेको भनेर थुुमथुुमाउने र धैर्यधारण गर्ने
२.तपाईँको सम्बन्ध सुुदृढ बनाउनुुहोस्, स–सानो कुुरामा अन्यथा नमान्ने, एकअर्कामा वार्तालाप गर्ने र परिवारका सदस्यहरुको ख्याल राख्ने, नकारात्मक कुुराकानीको चर्चा नगर्ने
३.घरबाट बाहिर निस्कन नसके पनि छत, झ्याल, बाल्कोनी वा घरको बगैंचामा आएर खडा हुुनुुहोस् । बिहानको घामले पनि राम्रो महसुुस गराउँछ ।
४.आफ्नो दिनचर्या बनाइराख्ने यसले हामीलाई एउटा उद्देश्य मिल्छ र सामान्य महसुुस हुुुन्छ । सदाझैं समयमा सुुत्ने, उठ्ने, खानपिन र व्यायाम गर्ने
५.एक महत्वपूूर्ण तरिका यो हो कि यो समयमा आफ्नो रुचि पूूरा गर्ने। अहिलेको फुुर्सदिलो समयलाई अधूूरो इच्छा पूूरा गर्नमा लाग्ने
६.आफ्नो भावना व्यक्त गर्दै परिवार र साथीसँग डर, उदासी भए पनि भित्र नै छोपेर राख्ने वा सेयर नगर्ने । जुुन कुराले नराम्रो महसुुस हुुन्छ, त्यसलाई पहिचान गरी सकारात्मक नतिजामा पुुर्याउन कोशिश गर्ने
७.तपाईँ परिवारकै साथ घरमा नै भए पनि आफ्नो लागि केही समय निकाल्नुुहोस् । तपाईँ जे सोचिरहनुु भएको छ त्यसलाई विचार गर्ने । आफूूलाई आफैंले सवाल गर्ने जसरी हुुन्छ, सकारात्मक नतिजा पुुग्न कोशिस गर्ने
८.सबैभन्दा ठूूूलो कुुरा खराब समयमा पनि राम्रो पक्षमा हेर्नुुहोस् । जसरी अहिले महामारी छ, लकडाउन छ, तर यसबीच तपाईँ परिवारका साथ समय बिताइरहनुु भएको छ । आफ्नो रुचि पूूरा गर्नका लागि धेरै समय लाग्छ । यो मौकामा ध्यान दिनुुहोस् ।
खबरहरुको ओभरडोज नलिनुुस्
आजकल टीभी र सोसल मिडियामा चातर्फी कोरोना भाइरससँग जोडिएका खबरहरु आइरहेका छन् । हरेक सानो ठूूलो, सही गलत खबर मानिसहरुसम्म पुुगिरहेको छ । डाक्टरका अनुुसार यसले पनि मानिसलाई टेन्सन बढिरहेको छ किनकि एउटै किसिमको कुुराकानी सुुनेर, देखेर वा पढेर मात्र हैन सोचेर पनि ।
इन्सिच्युुट अफ ह्युुमन विहेभियर एण्ड एलाइड साइन्सेस(इहबास)का निर्देशक डा.निमेश जी. देसाई भन्छन्–‘यसका लागि जरुरत भएको मात्र खबर हेर्न र पढ्नुुपर्छ । उनीहरुलाई सम्झना होला कि एउटै कुुरा बारम्बार हेरे उसको दिमागमा त्यही चल्छ । यसैकारण दिनभरको समयमा एउटा समय तय गरी सोही समय न्यूूूज च्यानल हेर्नुुहोस् ।’
डाक्टर देसाई सल्लाह दिन्छन्–‘यो समय ध्यान साझा गर्नुु महत्वपूूर्ण छ । यसका लागि आफैं दोस्रो काममा व्यस्त राख्नुहोस् । साथी र परिवारजनसँग कुराकानी गर्दै वा आफ्नो मनपर्ने काममा ध्यान लगाउनुहोस् । यो समयमा केही लेख्न पनि राम्रै हुुन्छ ।’
यदि सेल्फ आइसोलेशनमा भए
कैलालीका प्रकाश शाह सेल्फ आइसोलेसनबाट भुुक्तभोगी छन् । उनी जुन अस्पतालमा सामान्य उपचार गर्न गएका थिए, सोही ठाउँमा एक व्यक्ति यस्ता थिए, जसमा कोरोना संक्रमणका लक्षणहरु थिए ।
यसपछि प्रकाशलाई पनि सेल्फ आइसोलेशनमा बस्नुुपर्यो । उनले टेष्ट पनि गरे तर रिजल्ट नेगेटिभ आयो ।
यस्तो मामलामा डाक्टरहरुको सल्लाह छ–‘यो दौरान मुुश्किल त अवश्य हुुन्छ तर आफैंलाई सम्हाल्न जरुरी हुुन्छ । जबसम्म परीक्षणको नतिजा आउँदैन तबसम्म आफैं कुुनै नतिजामा पुुग्नुहुुँदैन । दिमागलाई नियन्त्रित बनाइराख्ने र केही न केही गर्दै व्यस्त रहनुुपर्छ ।’
यस्तो मामलाको पछाडि एक खास मानसिक स्थिति पनि लुुकेको हुुन्छ।
विज्ञ भन्छन्–‘अक्सर केही गलत भएमा हामी रिस, गल्ती गर्ने उपर निकाल्दै शान्त हुुन्छौं । उसलाई नराम्रो भनेर आफ्नो गुुबार निकाल्छौं तर यो महामारीले मानिसमा चिडचिडाहाट र डर पैदा भइरहेको छ । रिस निकाल्न कहीँ पाइरहेका छैनन् । डरको एक रुप रिस र अस्वीकृति पनि हो ।’
पहिले घरमा लडाईँ हुुन्थ्यो, साँझसम्म सुुुल्झाइन्थ्यो किनकि सबैजना घरभन्दा बाहिर निक्कन्थे । ध्यान मोडिन्थ्यो तर अब एकअर्का आमुुनेसामुुने बस्नुपरेको छ । झगडा पनि हुुन्छ र रिस पनि भित्रै हुुन्छ । साथै महामारीमा जिम्मेवारी पनि कसैलाई ठहराइरहेका छैनन् । यसैले कोरोना भाइरसको संक्रमितको आशंका गरिएका मानिस र बिरामीमाथि रिस निकाल्ने गरिन्छ । उनीहरुलाई एक निशाना मिल्छ ।
मानसिक रोगीको समस्या
यो लकडाउनको दौरानमा ती व्यक्तिहरुको समस्या बढ्यो जुुन पहिले नै केही मानसिक रोगसँग संघर्ष गरिरहेका छन् ।
नेशनल इन्सिच्युुट अफ मेन्टल हेल्थ एण्ड न्यूूरोसाइन्सको एक रिपोर्ट अनुुसार उनले पहिलो दिन साइकोलिजकल हेल्पलाइनमा १ हजार फोन र दोस्रो दिनमा ३ हजार फोन प्राप्त गरे ।
मानिसहरुको मानसिक स्वास्थ्य समस्याहरु बढेको छ । तनाव, निराशाजस्ता समस्याहरु भएका व्यक्तिहरु बढेका छन् ।
विज्ञको टप्स
मानसिक स्वास्थ्यको स्थितिलाई ध्यान राख्दै भारतको स्वास्थ्य मन्त्रालयका विज्ञहरुले पनि यसबारे केही टिप्स दिएको छः
मन्त्रालयको वेबसाइटमा भिडियोका मद्धतले तनावबाट बच्न विद्याथी र मातापिताले के गर्ने भन्ने बारे बताइएको छ ।
विश्वभरिमा कोरोनाभाइरसले उत्पन्न स्थितिमा यसले बच्चाहरुको दिमागमा धेरै प्रभाव बनाएको छ । उनीहरुको रुटिनसमेत बदलिएको छ । स्कूूल बन्द छ र बाहिर खेल्न पनि सक्दैनन् ।
यस्तो बेलामा उनीहरुको बायोलोजिकल तालिकाबमोजिम नै चल्न दिइनुुपर्छ । जबरजस्ती उनीहरुका लागि नयाँ तालिका र काम तय गर्नु हुँदैन ।
जस्तैःबिहान चाँडै उठ्ने, योगा गर्ने, अनलाइन कक्षा लिएर केही नयाँ सिक्ने । उनीहरुलाई पनि बदलिएको परिस्थितिमा एडजस्ट हुुने समय दिइनुुपर्छ ।
(बीबीसीबाट भावानुदित)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago