काठमाण्डौ । स्वास्थ्यमा सुधार हुँदै गएपछि कोरोनाभाइरस संक्रमित ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ। 

कोरोनाभाइरसको सङ्क्रमण देखिएका जोनसन गत आइतबरदेखि लन्नस्थित सेन्ट टमसेज अस्पतालको आईसीयूमा भर्ना गरी उपचार सुरु गरिउको थियो। प्रधानमन्त्री कार्यालयले जोनसनलाई बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने जनाएको छ। 

आईसीयूमा उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको बताइएको छ। उनको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको र उपचारका क्रममा आफूले पाएको उत्कृष्ट सेवाका लागि उनले धन्यवाद दिएको कार्यालयले जनाएको छ