काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका २२ हजार बढी स्वास्थ्यकर्मी आफैँ संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ।

डब्ल्यूएचओले शनिबार साँझ सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत ८ अप्रिलसम्मको तथ्यांकअनुसार ५२ देशका २२ हजार ७३ जना स्वास्थ्यकर्मी आफैँ यो भाइरसबाट संक्रमित भउको उल्लेख छ। ‘कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी यकिन तथ्यांक हामीसँग छैन, त्यसैले यो संख्या अझै बढी हुन सक्छ’, प्रतिवेदनमा भनिएको छ।
 

डब्ल्यूएचओका अनुसार स्वास्थ्यकर्मीले कोरोनाविरद्धको लडाइँमा अग्रपंक्तिमा रहेका हुन्छन्। ‘स्वास्थ्यकर्मी कोरोना संक्रमण बिरामीको उपचारमा दिनरात खटिरहेका हुन्छ, हामी पनि यसरी खटिने स्वास्थ्यकर्मीलाई यो संक्रमणबाट कसरी बचाउने भन्ने निकै चिन्तित भएर लागिपरेका छौँ’, प्रतिवेदनमा भनिएको छ। 

हालसम्म १८५ देशमा यो भाइरस फैलिसकेको छ। 

जोन हप्किङ्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म यो भाइरसबाट १ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १७ लाख ६२ हजारभन्दा बढी बिरामी परेका छन्। – एजेन्सी