काठमाण्डौ । हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण सहयोग कोषमा रु. १ करोड सहयोग गरेको छ । 

एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठ लगायतको टोलीले कोरोना कोषका लागि रु. १ करोड रुपैयाँ बराबरको चेक आइतबार पर्यटनमन्त्री योगेश भट्टराईमार्फत जम्मा गरेका हुन् । 

चेक हस्तान्तरण समारोहमा पर्यटन सचिव केदारबहादुर अधिकारी, सहसचिव सुरेश आचार्य लगायतको सहभागिता थियो । 

कोरोना संक्रमणबाट उत्पन्न विषम परिस्थितिमा आफूहरु नेपाल सरकार र नेपाली जनताको साथमै रहेको हिमालय एयरलाइन्स का प्रेसिडेन्ट झोउ एनयोङ बताएका छन् । उनले यो बेला जनस्वास्थ्यमा आपतकाल आएको र यस्तो बेलामा सबैजना एकसाथ भएर अगाडि बढिएको खण्डमा मात्र कोरोनाविरुद्धको लडाई जित्न सकिने बताएका छन् । 

भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने यो संकटको बेला सरकारलाई सहयोग गर्न पाउँदा हिमालय एयरलाइन्स गौरवान्वित भएको बताए ।