काठमाण्डौ । कोरोनाभाइरसले पूरै विश्वलाई आफ्नो चपेटामा लिइरहेका बेला वैज्ञानिकहरु यससँग सम्बन्धित प्रत्येक रहस्यलाई आफ्नो अनुुसन्धानको विषय बनाइरहेका छन् । स्वासप्रश्वास प्रणलीलाई हानी पुर्याउने यो भाइरसका कारण विश्वका हजारौं मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् । 

चीनको वुुहानबाट सुुरु भएको यो भाइरसले मानिसको विभिन्न अंगमा पुुर्याउने असरबारे अध्ययन गर्न वैज्ञानिकहरु लागिपरेका छन् । 

हालै चीनका वैज्ञानिकहरुले कोरोनाभाइरसले मष्तिस्कमा पार्ने असरबारे अध्ययन गरेका छन् । यो अध्ययनमा कोरोनाले स्नायुु प्रणलीलाई कसरी प्रभावित पार्छ भनेर पनि जान्न खोजिएको थियो । के साच्चै यसले मानव मष्तिस्कलाई असर गर्छ त ? 

सार्स कोभ २ का संक्रमितहरुले अनुुभव गरेको भनेर बताएका लक्षणहरुको अहिलेसम्म फुुल स्पेक्ट्रम अहिले सम्म तयार भएको छैन । तर  हालै गरिएको अनुुसन्धानमा कोभिड १९ का संक्रमितहरुमा देखिएको न्युुरोलोजिकल लक्षणको बारेमा अध्ययन गरिएको छ । यस अध्ययनमा कोरोनाले कसरी स्नायुु प्रणालीलाई असर पुुर्याउने रोगहरुको लक्ष्यण देखिएका छन् भनेर हेरिएको थियो । 

यो अनुुसन्धान वुुहानको अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमाथि गरिएको थियो । अनुुसन्धानकर्ताले जाँचको क्रममा कोरोना संक्रमणले स्नायुु प्रणालीमा ल्याएको बदलावहरुको बारेमा ध्यान दिएका थिए । 

अनुुसन्धानकर्ताको यो निश्कर्ष चीनको चिरपरिचीत न्युुरोलोजी जर्नल जामामा प्रकाशित भएको थियो । अनुुसन्धानकर्ताले कोभिड १९ का संक्रमितमा एक निश्चित अनुुपातमा न्युुरोलोजिकल लक्ष्यण देखिएको बताएका छन् । अनुुसन्धानकर्ताले १६ जनवरी २०२० देखि १९ फेब्रुअरी २०२० सम्मका कोरोना संक्रमितलाई अध्ययन गरेका थिए । 

अनुुसन्धानकर्ताले ३६.४ प्रतिशत संक्रमितमा कोरोनाको सामान्य लक्ष्यणको तुुलनामा न्युुरोलिोजिकल लक्षण धरै देखिएको बताएका छन्। 

यस्ता लक्षण सामान्यत गम्भीर रोग लागेका बिरामीमा धेरै देखिने गर्दछ । अनुुसन्धानकर्ताले यी लक्षणहरुलाई तीन श्रेणीमा वर्गीकरण गरेका छन् । यसमा पहिलो असर केन्द्रिय स्नायुु प्रणालीमा परेको थियो । जसको लक्षण चक्कर आउने, टाउको दुुख्ने, चेतनाको स्तर घट्ने, तीव्र मष्तिष्क वाहिकिए रोग र एटोक्सिया रहेका थिए । यसको साथै दोस्रो श्रेणीमा पेरीफेरल नर्भस सिस्टममा देखिएको थियो । 

यसमा संक्रमितको स्वाद र गन्धको क्षमतामा ह्रास, दृष्टि हानी र नर्भस पेन जस्ता लक्षणहरु समावेश थिए । 

र, तेस्रो श्रेणीमा स्केलेटल मस्कुुलर इन्जुुरीको अध्ययन गरिएको थियो । यसमा कोरोनाको गम्भीर संक्रमणले दिमागमा पनि असर पुुर्याउने सक्ने जनाइएको थियो । 

यसका लागि अनुुसन्धानकताले २१४ जना संक्रमितहरुको अध्ययन गरेका थिए । यि संक्रमितमा १२६ जनामा गम्भीर संक्रमण देखिएको थिएन, त्यस्तै ८८ जनामा गम्भीर संक्रमण देखिएको थियो । अध्ययनबाट ७८ जना संक्रमितलाई कोरोना संक्रमणबाट स्नायुु प्रणालीमा बदलाव आएको देखिएको थियो ।