काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस नियन्त्रण तथा रोकथामअन्तर्गत जुनसुकै बेला खटिनुपर्ने भएकोले सरकारले १० निजी वायुसेवा कम्पनीका हेलिकोप्टर तयारी अवस्थामा राख्न परिपत्र गरेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोनाथ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आग्रहमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन परिपत्र गरेको हो।
परिपत्रमा कोरोना संकटका कारण उत्पन्न हुन सक्ने जस्तोसुकै परिस्थिति बेला बिरामीको स्वाब संकलन तथा उद्धार र मेडिकल टिम जानुपर्ने सम्भावना हुने भएकाले ती हेलिकप्टर कम्पनीहरुलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
केही दिनयता नेपालमा कोरोना संक्रमित बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न रणनीति अपनाइरहेको छ। सोही रणनीतिअन्तर्गत हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा राख्न लागिएको प्राधिकरण स्रोत बताउँछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago