काठमाण्डौ। कोरोनाभाइरसको महामारीबाट विश्व यतिखेर आक्रान्त छ। चीनको वुहान सहरबाट फैलिएको यो भाइरसको संक्रमण अहिले दिनानुदिन बढ्दै गइरहेको छ।

यो भाइरस रोकथामका लागि अहिलेसम्म आधिकारिक औषधि वा भ्याक्सिन तयार भइसकेको छैन। अहिले यो भाइरसबाट बच्न विश्वका अधिकांश लक लडाउनमा छन्। त्यस्तै मास्क र सेनिटाइजरको प्रयोग अनिवार्यताजस्तै बनेको छ भने सामाजिक दूरी कायम गर्न अपिल गर्नुको विकल्प छैन। 

कोरोनाबाट अतिप्रभावित २० देशको आँकडालाई हेर्ने हो भने स्थिति भयावह देखिएको छ। कोरोनाबाट हालसम्म अतिप्रभावित देशहरुको मृत्युदर कति छ ? तथ्यांकगत रुपमा हेरौँ –

अमेरिकाको जोन हप्किङ्स विश्वविद्यालय तयार पारेको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी मृत्युदर इटाली र बेल्जिमयमा देखिएको छ। यी देशमा मृत्युदर १२.८ प्रतिशत रहेको छ। इटालीमा हासम्म १ लाख ५९ हजार ५१६ संक्रमित फेला परेका छन् भने तीमध्ये २० हजार ४६५ जनाको ज्यान गइसकेको छ। त्यस्तै बेल्जियममा ३० हजार ५८९ संक्रमित फेला परेकोमा ३ हजार ९०३ जनाको ज्यान गइसकेको छ। 

यस्तै ब्रिटेनमा यो मृत्युदर १२.७ प्रतिशत रहेको छ। त्यहाँ हालसम्म ८९ हजार ५७० जना संक्रमित फेला परेकोमा ११ हजार ३४७ जनाको ज्यान गएको छ।

यसैगरी फ्रान्स, नेदरल्यान्ड्स र स्पेनमा यो भाइरसबाट हुने मृत्युदर १० प्रतिशतभन्दा माथि रहेको छ। यी देशमा क्रमशः १०.९, १०.६ र १०.४ प्रतिशत मृत्युदर रहेको छ। फ्रान्समा हालसम्म १ लाख ३७ हजार ८७५ जना संक्रमित फेला परेकोमा १४ हजार ९८६ जनाको ज्यान गइसकेको छ। त्यस्तै नेदरल्यान्ड्समा २६ हजार ७१० जना संक्रमित फेला परेकोमा २ हजार ८३३ जनाको ज्यान गएको छ भने स्पेनमा १ लाख ७० हजार ९९ जना संक्रमित फेला परेकोमा १७ हजार ७५६ जनाको मृत्यु भइसकेको छ। 

उता इन्डोनेसिया र स्विडेनमा कोरोना मृत्युदर ८ प्रतिशतभन्दा माथि रहेको छ। इन्डोनेसियामा ८.८ प्रतिशत र स्विडेनमा ८.४ प्रतिशत मृत्युदर रहेको छ। इन्डोनेसियामा हालसम्म ४ हजार ५५७ जना संक्रमित फेला परेकोमा ३९९ ज्यान गइसकेको छ भने स्विडेनमा १० हजार ९४८ जना संक्रमित फेला परेकोमा ९१९ जनाको ज्यान गइसकेको छ। 

सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना मृत्युदर भने ३.४ प्रतिशत रहेको छ। त्यहाँ सबैभन्दा बढी ६लाख ८२ हजार ६१९ जना संक्रमित फेला परेकोमा २३ हजार ५२९ जनाको ज्यान गइसकेको छ। 

त्यस्तै छिमेकी मुलुक भारतमा पनि कोरोना मृत्युदर ३.४ प्रतिशत नै रहेको छ। त्यहाँ हालसम्म १० हजार ४५३ जना संक्रमित फेला परेकोमा ३५८ जनाको मृत्यु भएको छ। 

जोन हप्किङ्स विश्वविद्यालयले तयार पारेको तथ्यांकअनुसार सबैभन्दा मृत्युदर टर्कीमा रहेको छ। त्यहाँ २.१ प्रतिशतको मात्र ज्यान गएको छ। त्यहाँ ६१ हजार ४९ जना संक्रमित फेला परेकामा १ हजार २९६ जनाको मात्र ज्यान गएको छ। 

तल हेरौँ तथ्यांकगत रुपमा –