काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा गरिएका र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी)मा थप केही व्यक्तिको रिपोर्ट पोजिटिभ आएको भनिए पनि सरकारले भने कोरोना संक्रमितको संख्या १६ जना मात्रै रहेको प्रष्ट पारेको छ ।
स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको संख्या १६ मात्र रहेको प्रष्ट पारेका हुन् ।
१६ संक्रमितमध्ये १ जना निको भएर फर्किसक्नुभएको छ भने बाँकी १५ जनाको देशका विभिन्न अस्पतालका आइसोलेसनमा राखेर उपचार भइरहेको छ । डा. देवकोटाले भने ः सबै संक्रमितको अवस्था सामान्य छ ।
उनका अनुसार केही जिल्लाहरुमा आरडिटी विधिबाट गरिएको परीक्षणका रिपोर्ट पोजिटिभ आए पनि त्यसको पीसीआर प्रविधिबाट परीक्षण नगरी यसै भन्न सकिन्न ।
पीसीआर प्रविधिको जाँचमा घाँटीको स्वाब झिकेर परीक्षण गरिन्छ । यस्तै, आरडिटी प्रविधिमा भने ब्लडको नमूना निकालेर तत्काल रिजल्ट आउने गरी द्रूत गतिको जाँच गरिन्छ ।
हालसम्म आरडिटी विधिबाट ८ हजार ९२९ जनाको टेस्ट भइसकेको छ र पीसीआरबाट ६ हजार ८७१ जनाको टेस्ट भएको बताइएको छ ।
डा. देवकोटाका अनुसार पीसीआरमा घाँटीको स्वाब नमूना गरन्छि । अराडिटी भनेको ब्लडबाट६ हजार ८७१ पीसीआरबाट । आरडिटी ८ हजार ९२९ टेस्ट भएका छन् ।
दुवै मिलाएर हालसम्म कुल १५ हजार ८०० जनाको टेस्ट भइसकेको डा. देवकोटाले जानकारी दिए । गत २४ घण्टामा २ हजार ८९४ जनाको आरडिटी टेस्ट गरिएको उनले जानकारी दिए ।
आरडिटी विधिबाट हालसम्म अधिकांश जिल्लामा परीक्षण सुरु भइसकेको जानकारी दिए । हालसम्म १४ वटा जिल्लामा मात्र सुरु हुन बाँकी छ। डा. देवकोटाले भनेः प्रदेश १ का ७ जिल्ला, प्रदेश २ का ३ वटा, गण्डकीमा एउटा, ५ नम्बर प्रदेशमा १ वटा बाँकी, कर्णालीमा २ वटा जिल्लामा परीक्षण हुन बाँकी छ ।
बागमति र सुदुरपश्चिमका सबै जिल्लामा टेस्ट सुरु भइसकेको छ ।
हालसम्म देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै, आइसोलेसनमा रहनेको संख्या ११७ जना छ । जसमध्ये काठमाण्डौमा ११ जना, काठमाण्डौबाहिर १०६ जना आइसोलेसनमा छन् ।
यसैबीच, सनसिटी अपार्टमेन्टको ए ब्लकमा एकै परिवारका तीनजनामा आरडिटीबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएकोमा पीसीआरबाट पुनः परीक्षण गर्दा २ जनाको पोजिटिभ र एकजनाको नेगेटिभ रिपोर्ट आएको डा. देवकोटाले जानकारी दिए ।
एकै परिवारका ८१ वर्षीया आमा, ५७ वर्षीय छोरामा पोजिटिभ देखिए पनि ५१ वर्षीया बुहारीको पीसीआर रिपोर्ट समेत नेगेटिभ आएको हो ।
सो अपार्टमेन्टको ए ब्लकमा बस्ने २९८ जनाको आरडिटी परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको समेत डा. देवकोटाले जानकारी दिए ।
सो परिवारको सहयोगीको रुपमा कार्यरत २ कामदारको नमूना समेत पीसीआरबाट परीक्षण गरिने उनले जानकारी दिए । उनीहरुको आरडिटी रिपोर्ट नेगेटिभ आए पनि पीसीआरको रिपोर्ट भने भोलि मात्र आउनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19