काठमाण्डौ । कोरोनाभाइरसको संकटका बेलामा युरोप र अमेरिकामा संक्रमित बिरामीको उपचार गर्न शय्याको अभाव भइरहेकै बेला भारतको अहमदाबादस्थित सिभिल अस्पतालमा भने जातीयताका आधारमा बिरामीलाई अलगअलग राखेर उपचार भइरहेको पाइएको छ।
संक्रमितहरुका अनुसार गत १२ अप्रिलअघिसम्म पनि बिरामीहरुलाई एउटै वार्डमा राखेर उपचार भइरहेको थियो। तर त्यसपछि भने हिन्दु र मुसलमान बिरामीलाई अहिले छुट्टछुट्ट वार्डमा राखेर उपचार भइरहेको छ।
अस्पतालमा उपचार एक बिरामीका अनुसार अहिले अस्पतालको सी–फोर वार्डमा केवल मुस्लिम संक्रमितहरुको उपचार भइरहेको छ भने बाँकीको ए–फोरमा उपचार भइरहेको छ। ‘अस्पतालका कर्मचारीहरुले मुस्लिम संक्रमितलाई अर्को वार्डमा राम्रो सेवासुविधा पाइन्छ भन्दै सी–फोर वार्डमा सारे’, ती बिरामीले भने, ‘तर पछि थाहा भयो कि हिन्दु र मुस्लिम बिरामीलाई छुट्टाछुट्टै वार्डमा राख्न यस्तो गरिएको रहेछ।’
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा जीएच राठौडले धर्मका आधारमा बिरामीलाई छुट्टाछुट्टै राखिएको भन्ने कुरा नकारे। उनले भने, ‘बिरामीको अवस्थाअनुसार छुट्टाछुट्टै राखिएको हो।’
त्यसो डा राठौडले केही समयअघि इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा सरकारको आदेशपछि हिन्दु र मुस्लिम वार्ड बनाइएको प्रस्ट पारेका थिए।
मुस्लिम कार्यकर्ता दानिश कुुरैशीले अस्पतालमा उपचाररत आफ्ना साथीको भनाइ उद्धृत गर्दै हिन्दु बिरामीहरु मुस्लिम बिरामीसँगै बसेर उपचार गर्न नमानेपछि छुट्टाछुट्टै वार्ड बनाइएको पाइएको बताए। मुस्लिम नेता इकराम मिर्जा भन्छन्, ‘सरकारले हिन्दुहरुको कुरा सुनेर छुट्टाछुट्टै वार्ड बनाउनु असंवैधानिक र अलोकतान्त्रिक काम गरेको हो।’
डा राठौडले भने जातीय विभेद भयो भन्ने कुरा निराधार भएको बताए।
गुजरा सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले पनि आफ्नो ट्विटर अकाउन्टबाट हिन्दु र मुस्लिम संक्रमितको उपचार जातीय विभेदको भन्ने कुरा भ्रामक भएको स्पष्ट पारेको छ। ‘एकै ठाउँमा राखिएका बिरामीहरुलाई उनीहरुको अवस्था हेरेर सहज उपचारका लागि छुट्टाछुट्टै राखिएको हो’, ट्विटरमा लेखिएको छ।
गुजरातका स्वास्थ्यमन्त्री किशोर कणानीले संक्रमित बिरामीलाई कहाँ र कसरी उपचार गर्ने भन्ने सम्पूर्ण जिम्मेवारी चिकित्सकलाई नै हुने बताए। ‘सरकराले धर्मका आधारमा बिरामीहरुलाई छुट्टाछुट्टै वार्डमा राखेर उपचार गर्न आदेश दिएको छैन’, उनले भने।
अहमदाबाद सिभिल अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १२ सय सय्या छुट्याइएको छ। गुजरातमा बुधबार बिहानसम्म ६१७ संक्रमित फेला परेका छन्। तीमध्ये ५५ जनाको अस्पतालमा उपचार भइरहेको छ भने २६ जनाको ज्यान गइसकेको छ।
अहमदाबादमै भने संक्रमितको संख्या ३४६ पुगेको छ भने १३ जनाको मृत्यु भइसकेको छ। – बीबीसीबाट भावानुवाद
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago