काठमाण्डौ । आज मातातीर्थ औँशी। अर्थात आमाको मुख हेर्ने दिन। तर विश्व महामारीका कारण देश लकडाउन रहेका कारण परिस्थिति जटिल छ। अधिकांश छोरीहरु आजका दिन प्रत्यक्ष रुपमा आफ्नी आमासँग भेटघाट गर्न पाएका छैनन्। कतिपय फोनबाटै चित्त बुझाउँदैछन् त कतिपयले भिडियो कल गरी आमाको मुख हेर्दैछन्।
आजका दिन आमाका माहिमा गुनगान हुने गरेको छ। यहाँ हामी भने कसै न कसैको आमा अनि देशकै नेतृत्व गरिरहेका केही शक्तिशाली महिलाले कोरोना रोकथाम थालेका प्रभावकारी कदम विषयमा चर्चा गर्न गइरहेका छौँ। यी ५ देश जहाँ महिला नेतृत्वले चालेको कदमकै कारण अन्य देशको तुलनामा कम जोखिममा छन्। अहिले विश्वभरका मिडियाहरु यी देशका नेतृत्वकर्ता महिलाको गुनगान गाउनमै व्यस्त छन्।
आइसल्यान्ड
आइसल्यान्डकी प्रधानमन्त्री कैटरिन ज्याकब्स्डोट्टिरले व्यापकर रुपमा कोरोना टेस्ट जारी राख्ने फैसला गरिन्। यो देशको आवादी ३ लाख ६० हजारमात्र छ तर टेस्टिङमा कुनै पनि कमी हुन दिइएको छैन।
कोरोना रोकथामका लागि आइसल्यान्डमा सबैखाले जरुरी कम चालिएका छन्। २० भन्दा बढी मानिसलाई एक ठाउँमा जम्मा हुन दिइएको छैन।
गत जनवरी अन्त्यसम्म आइसल्यान्डमा एकजना पनि संक्रमित फेला परेका थिएनन्। तर आजसम्म त्यहाँ केवल ९ जनाको यो भाइरसबाट मृत्यु भएको छ। जुन अन्य देशको तुलनामा निकै कम हो।
ताइवान
ताइवान आधिकारिक रुपमा चीनको एउटा हिस्सा हो। राष्ट्रपति त्साई इङ वेनले महामारी नियन्त्रण केन्द्र स्थापना गर्दै संक्रमण रोक्न र संक्रमितको ट्रयाकिङ तथा ट्रेसिङको काम सुरु गरिन्। यसका साथै ताइवानमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट किट्स र फेस मास्को उत्पादन पनि तुरुन्त बढाइयो।
दुई करोड ४० लाख आवादी रहेको ताइवानमा अहिलेसम्म केवल ६ जनाको मात्र यो संक्रमणबाट ज्यान गएको छ।
न्युजिल्यान्ड
न्युजिल्यान्डकी प्रधानमन्त्री जैसिन्डा अर्डर्नले कोरोनाको महामारीविरुद्धको लडाइँमा निकै सख्त कदम उठाइन्। जुन अन्य देशमा देख्न पाइँदैन। जब सारा देश संक्रमितको संख्या स्थिर राख्ने कोसिसमा थिए अर्डर्नले भने यो संक्रमणको सबै आशंकाहरु खतम गर्ने सोचमा थिइन्।
न्युजिल्यान्डमा जब यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ रहेको थियो तबदेखि नै पूरै देश लकडाउन गरियो। गत २० अप्रिलसम्म न्युजिल्यानडमा कोरोना संक्रमणबाट केवल १२ जनाको मात्र ज्यान गएको छ।
ग्रिस
ग्रिसकी प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले कोरोना संकटलाई सफलतापूर्वक सामान गर्ने कार्य गरेकोमा निकै प्रशंसा गरिएको छ। एक कारो १० लाख आवादी रहेको ग्रिसमा गत २० अप्रिलसम्म कोरोना संक्रमणबाट केवल ११४ जनाको मात्र ज्यान गएको छ।
ग्रिसमा जब कोरोनाबाट एकजनाको पनि ज्यान गएको थिएन तबदेखि नै त्यहाँ सामाजिक दूरीको कमद उठाइएको थियो र वैज्ञानिक सल्लाहबमोजिम स्वास्थ्य गतिविधि अगाडि बढाइएको थियो।
जर्मनी
जर्मनीकी चान्सलर एंगेला मार्केलले बिना समय खेर फाल्दै कोरोना संक्रमण एउटा गम्भीर खतरा हुन सक्ने आँकलन गरेकी थिइन्। त्यसपछि उनले युरोपमै सबैभन्दा बढी टेस्टिङ, ट्रेसिङ र आइसोलेसनको योजनामा काम सुरु गरिन्। आठ करोड बढी आवादी भएको जर्मनीमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ हजार ६०० जनाको ज्यान गइसकेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago