काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ४ हजार २७ जनाको ज्यान गइसकेको छ। 

यो संख्या सोमबार बिहानसम्मको हो। हाल यो भाइरसबाट विश्वभर १ लाख १४ हजार ४२२ जना संक्रमित भएका छन्। यसमध्ये ६४ हजार ८१ जना बिरामी उपचारपछि निको भएर फर्किएका छन्। 

यो भाइरसको संक्रमण अहिले ११५ देशमा देखिएको छ। सबैभन्दा बढी यो भाइरस पहिलोपटक देखिएको चीन प्रभावित छ। चीनमा मात्रै यो भाइरसबाट ३ हजार १३६ जनाले ज्यान गइसकेका छन् भने अन्य २३ मुलुकमा यो भाइरसले मानिसको ज्यान लिइसकेको छ। 

कोरोनाबाट चीनपछि सबैभन्दा बढी इरान र इटाली प्रभावित भएको देखिएको छ। – एजेन्सी