काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट शनिबार बिहानसम्म विश्वभर १ लाख ९६ हजारको हाराहारीमा मृत्यु भएको छ। संक्रमितको संख्या २८ लाख नजिक पुगेको छ। तीमध्ये ७ लाख ८१ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन्।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा ५१ हजार बढीको ज्यान गएको छ भने ८ लाख ९० हजार बढी संक्रमित भएका छन्। अमेरिकामा ९६ हजारभन्दा बढी निको भएका छन्। 

स्पेनमा २ लाख १९ हजार संक्रमित भएकोमा २२ हजार ५०० भन्दा बढीको ज्यान गएको छ। स्पेनमा ९२ हजार ३०० भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन्। 

यसैगरी इटलीमा १ लाख ९३ हजार जना संक्रमित भएकामध्ये मृतकको संख्या २६ हजार हाराहारी पुगेको छ। संक्रमितमध्ये ६० हजार बढी निको भएका छन्।

फ्रान्समा पनि हालसम्म १ लाख ५९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। तीमध्ये २२ हजार बढीको मृत्यु भएको छ भने ४४ हजारभन्दा बढी निको भएर घर फर्किएका छन्। 

बेलायतमा १ लाख ४४ हजार ६०० बढी संक्रमित भएकोमा १९ हजार ५०० जनाको मृत्यु भएको छ। जर्मनीमा १ लाख ५४ हजार जना संक्रमित भएका छन्। तीमध्ये ५ हजार ७२३ जनाको ज्यान गएको छ भने १ लाख ६ हजार उपचारपछि घर फर्किएका छन्। – एजेन्सी