काठमाण्डौ । कोरोनाभाइरस उपचारमा उपलब्ध औषधिको प्रभावकारी असरमा एउटा नयाँ आशाको किरण पलाएको छ।

बजारमा उपलब्ध रेमडेसिविर औषधिको सुरुआती परीक्षणमा सकारात्मक नतिजा आएको हो। यो औषधि यसअघि इबोला भाइरसबाट पीडित बिरामीको उपचारमा प्रयोग गरिएको थियो। 

हालै गरिएको परीक्षणको तथ्यांकअनुसार विश्वभर ७५ प्रतिशत अस्पतालमा उपचाररत कोरोनाबाट गम्भीर बिरामी परेका १ हजारलाई यो औषधि दिइएको थियो। प्लेसीबो औषधिको तुलनामा यसको सेवनले ३१ प्रतिशत बिरामीमा तीव्र रुपमा सुधार देखिएको परीक्षण प्रतिवेदनले जनाएको छ। 

रेमडेसिविर औषधि ११ देखि १५ सम्म बिरामीलाई सुधार गर्न समय लिइरहेको छ। यो औषधि कोरोना उपचारमा प्रभावकारी हुन सक्ने वैज्ञानिकहरुले बताएका छन्। 

परीक्षण प्रतिवेदनअनुसार रेडमेसिविर औषधि दिइएका ८ प्रतिवेदन बिरामीलाई बचाउन सकिएन। जब कि प्लेसीबो दिइएका ११ प्रतिशत बिरामीको निधन भयो। 

रेमडेसिविर औषधि अमेरिकी कम्पनी गिलिएडले बनाइरहेको छ। यद्यपि यो औषधि प्रभावकारी साबित हुन अन्य तथ्यहरु पनि आवश्यक पर्नेछ। 

वैज्ञानिकहरुका अनुसार कोरोनाबाट जो गम्भीर बिरामी परेका छन्, उनीहरुका लागि रेमडेसिविर औषधि प्रभावकारी हुन सक्छ। अहिले विश्वभरका अस्पतालहरुमा यो औषधि परीक्षण भइरहेको छ। 

यद्यपि यसअघि चीनले यो औषधि परीक्षण असफल भएको जनाएको छ। किनकि त्यतिखेर यो औषधि सीमित बिरामीलाई सीमित अस्पतालहरुमा मात्र परीक्षणका रुपमा दिइएको थियो। 

अहिले यो औषधिको परीक्षण यूएस नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजको मातहतमा चलिरहेको छ। यो संस्था अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थअन्तर्गत पर्दछ। 

अमेरिकाका चिरपरिचित संक्रामक बिरामीका विशेषज्ञ डा एन्थनी फाउचीले रेमडेसिविर औषधि प्रभावी देखिनुलाई सुखद् खबर मानेका छन्। उनले एउटा औषधिले विषणुलाई ब्लक गर्न सक्ने तथ्य पुष्टि भएको बताए। 

उता लन्डनस्थित एमआरसी ट्रायल युनिटका निर्देशक प्रोफेसर महेश परमारका अनुसार रेमडेसिविरको अन्तर्राष्ट्रियस्तरमा यो पहिलो परीक्षण हो। ‘सुरुआती नजिताले निकै आशा जगाएको छ’, उनी भन्छन्, ‘अझै पनि यस्ता नतिजाहरुको तथ्य केलाउने काम भइरहेको छ।’ – एजेन्सी