काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्व महामारी घोषणा गरेको कोरोनाभाइरसले युरोपलाई नयाँ केन्द्र बनाएको छ। 

चीनबाट देखिएको यो भाइरसले अहिले युरोपका अधिकांश देश नराम्ररी प्रभावित भएका छन्। चीनमा भने यो भाइरसको प्रभाव घट्दै गइरहेको छ। 

पछिल्लो ताजा तथ्यांकअनुसार कोरोनाबाट विश्वभर ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। यो भाइरसबाट हाल १५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। 

कोरोनाको संक्रमणबाट इटालीमा पछिल्लो २४ घन्टाको अवधिमा ३६८ जनाको मृत्यु भइसकेको छ। इटालीमा मात्र यो संक्रमणबाट मर्नेको संख्या १ हजार ८०९ पुगेको छ। 

समाचार एजेन्सीहरुका अनुसार इटालीमा पछिल्लो २४ घन्टामा कोरोनाका ३ हजार ५९० नयाँ संक्रमित फेला परेका छन्। त्यहाँ हालसम्म २४ हजार ७४७ जना कोरोनाबाट संक्रमित भइसकेका छन्। 

चीनमा भने हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २१३ पुगेको छ। चीनमा हालसम्म ८० हजार ८६० मानिस कोरोनाबाट संक्रमित भएका छन्। 

कोरोनाभाइरस अहिले विश्वका १२५ भन्दा बढी देशमा फैलिसकेको छ। – एजेन्सी