काठमाण्डौ । सरकारले भोलि शुुक्रबारदेखि लकडाउन खुुुकुुलो बनाएसँगै धितोपत्र बजार पनि खुुल्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकद्वारा धितोपत्र बजार खुुलाउने निर्णय भएको जिकिर गर्दैै अर्थमन्त्रालयका सचिव शिशिर ढुुंगानाले नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई बजार सुुचारु गर्न निर्देशन दिइसकेको बताए ।
धितोपत्र बजारसँग सम्बद्ध सरोकारवाला संस्थाहरुमा न्यूनतम कर्मचारी संख्या राखी बजार खुुलाइने र बजार सञ्चालनका निमित्त आवश्यक सुुविधा प्रवाहमा बोर्ड र नेप्सेको जिम्मेवारी रहेको उनको भनाइ छ ।
‘अर्थ मन्त्रालयको काम व्यवस्था र प्रबन्ध गर्नुु हो, नियामकको काम फ्यासिलेट गर्नुु हो ।’उनले बिजशालासँग भने ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले पनि अर्थमन्त्रालयसँग भर्खरै कुुरा भइसकेको र अर्थको चिठ्ठी पाउने बित्तिकै धितोपत्र बजार सञ्चालनका लागि नेप्सेलाई निर्देशन दिइने जानकारी दिए ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि सरकारले लकडाउन गर्ने निर्णय भएसँगै धितोपत्र बजार समेत बन्द थियो ।
हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नै वित्तीय सेवा लगायत ४४ प्रकारका उद्योग सञ्चालन गर्ने निर्णय भएसँगै धितोपत्र बजार पनि खुुला हुुने भएको हो ।
भोलि बैशाख २६ गते शुुक्रबार धितोपत्र बजारसम्बद्ध निकाय खुुला भए पनि धितोपत्र कारोबार भने आइतबारबाट हुुने देखिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago