काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या पुनः बढेको छ ।
यो संख्या बढेर १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिवार उदयपुर, कपिलवस्तु र पर्सामा थप ७ संक्रमित फेला परेका हुन् ।
उदयपुरको भूल्केमा १८, ४५ र ६५ वर्षीया महिलाहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, कपिलवस्तुका १७ र १८ वर्षका ३ पुरुष तथा पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
हालसम्म कुल संक्रमितमध्ये ३१ जना डिस्चार्ज भइसकेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago