काठमाण्डौ । कोरोनाभाइरस संक्रमणको जोखिममा महिलाभन्दा बढी पुरुषमा बढी हुने एक अनुसन्धानले देखाएको छ।

एनएचएस इंग्ल्यान्ड र किंग्स कलेज लन्डनको अनुसन्धानबाट यस्तो पत्ता लागेको हो। अनुसन्धानले मानिसको शरीरमा हुने एस्ट्रोजन हर्मोनका कारण कोरोना संक्रमणको जोखिम महिलाभन्दा बढी पुरुषमा देखिएको छ। 

किंग्स कलेज कोभिड–१९ ट्रयाकर एप सञ्चालन गरिरहेको छ। शोधकर्ताहरुले ट्रयाकर एपकै माध्यमबाट प्राप्त जानकारी र एस्ट्रोजन हर्मोनका कारण कोरोनाको जोखिम पुरुषमा बढी देखिनुको वास्तविक अवस्थाबारे अनुसन्धान पनि गरिरहेको छ। 

किंग्स कलेजका डा न्युसनका अनुसार महिलामा पुरुषको तुलनामा भाइरससँग लड्ने क्षमता बढी हुन्छ र जुन कोशिकाहरु भाइरसँग लड्छन् तिनमा एस्ट्रोजन रिसेप्टर्स पनि हुन्छन्। ‘यसको मतलब यो भयो कि एस्ट्रोजनमा भाइरसले प्रतिक्रिया जनाउँछ र एस्ट्रोजन ती कोशिकाहरुमा फेरि सक्रिय बनाउँछ जुन बढी प्रभावी हुन्छन्। एस्ट्रोजनले त्यस्ता कोशिकाहरु वृद्धि गर्छ।’

एस्ट्रोजन हर्मोन महिलामा पाइने सेक्स हर्मोन हो। यो हर्मोन महिलाको प्रजनन प्रणाली विकासमा सहायक पनि हुन्छ। – एजेन्सी