काठमाण्डौ। भक्तपुरमा हिजो कोरोना संक्रमण पुष्टि भएका २७ वर्षे युवक सशस्त्र प्रहरी बलमा कार्यरत रहेको र पूर्वगृहमन्त्री भीम रावलको सुरक्षा टोलीका सदस्य रहेको खुलेको छ।

रामेछाप घर भएका ती युवक दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका थिए। करिब एक महिनाअघि पूर्वगृहमन्त्री रावलको सुरक्षा टोलीसँग बिदा लिएर दुवाकोटमै बस्दै आएका थिए। ती युवकले दुवाकोटकै सरस्वतीखेलमा आफ्नो घर निर्माण गरिरहेको पनि स्थानीय बताउँछन्।

घर निर्माण पूरा गर्नकै लागि उनी त्यहाँबाट बिदा लिएर आएको हुन सक्ने स्थानीय बताउँछन्। त्यसो त उनले दुवाकोटस्थित सशस्त्र प्रहरीको ब्यारेकमा हाजिर गर्दै आएको उनका छिमेकीहरु बताउँछन्।

त्यसो त संसद सुरू हुनु गरिएको स्वाब परीक्षणमा नेता रावल लगायतको परीक्षण नतिजा नेगेटिभ आएको थियो।

ती युवकमा कसरी संक्रमण देखियो भन्ने विषयमा स्वास्थ्य अधिकारीहरुले अनुसन्धान गरिरहेका छन्। उनको ट्राभल हिस्ट्री पनि पत्ता लगाउने काम भइरहेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ। उनलाई टेकु अस्पतालमा भर्ना गरिएको छ।

हिजो भक्तपुरकै मध्यपुरथिमी नगरपालिका–९ की २५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको थियो। उनी दुई दिनअघि मात्रै सुनसरीबाट मोटरसाइकलमा भक्तपुर आएकी थिइन्।