काठमाण्डौ । युनिसेफले आगामी ६ महिनासम्म नेपालमा पाँच वर्षमुनिका करिब ४ हजार बालबालिकाको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ । 

स्वास्थ्य क्षेत्रका अधिकांश उपकरण र जनशक्तिहरु कोरोनाको उपचारमा संलग्न भएकाले यसको प्रभावका कारण नेपालको बालमृत्युु दरमा वृद्धि हुुने युनिसेफले जनाएको छ । उसले यो बाल मृत्युु कोरोनाले नभई अन्य विविध कारणले हुुने प्रष्ट्याएको छ । 

युुनिसेफका अनुुसार सम्पूर्ण दक्षिण एसियामा भने पाँच वर्षमुनिका करिब ४ लाख ४० हजार बालबालिकाको मृत्युु हुुनसक्छ । यो क्षेत्रमा सबैभन्दा धेरै बाल मृत्युु भारतमा हुुने उसको प्रक्षेपण छ । भारतमा पाँच वर्षभन्दा कम उमेरका करीब तीन लाख बालबालिकाहको मृत्युु हुुनसक्ने देखिएको हो ।

दक्षिण एसियाका लागि युुनिसेफकी क्षेत्रीय निर्देशक जिन ग्याफले भनिन्, “हामीलाई दशकौपछि पहिलो पटक पाँच वर्षमुुनिका बालबालिकाहरुको मृत्युदर बढ्ने त्रासले सताएको छ । कुुनै हालतमा गर्भवती महिला र बालबालिकाहरुलाई बचाउन आवश्यक छ । महामारीसँग लड्न महत्वपूर्ण छ, तर यसबीचमा मातृ र शिशुु मृत्युु दरमा दशकौदेखि प्राप्त उपलब्धि र सुुधारलाई गुुमाउन सक्दैनौ ।” 

युुनिसेफको अनुुमानअनुुसार भारतपछि सबैभन्दा धेरै मृत्युु पाकिस्तानमा हुुनेछ । पाकिस्तानमा ९५ हजार, बंगलादेशमा २८ हजार, अफगानिस्तानमा १३ हजार बालबालिकाले ज्यान गुमाउनसक्ने अनुमान छ ।

के हो कारण ?
युुनिसेफका अनुुसार स्वास्थ्य प्रणाली कमजोर भएका देशहरुमा कोरोना संक्रमणका कारण मेडिकल आपूर्ति श्रृंखलामा बाधा आइरहेको छ । यसका साथै जनशक्ति र वित्तिय स्रोत साधनमा पनि दवाब सिर्जना भइरहेको छ । 

लकडाउन र प्रतिबन्धका कारण मानिसहरु स्वास्थ्य केन्द्रहरुमा कम मात्रामा जान थालेका छन् । यसका साथै संक्रमण सर्न सक्ने भयले उनीहरु अन्य स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थाहरु कमै धाउन थालेका छन् । संक्रमणको जोखिमका कारण कयौ देशहरुले खोप अभियानलाई स्थगित गरेका छन् । 

भारत पनि यसबाट अछुुतो रहन सकेको छैन । तर नेपालमा भने हालसम्म कोरोनाकै कारण खोप अभियान स्थगित भएको छैन । 

भारतमा दिनहुँु बढिरहेको संक्रमणका घटनाहरुले बालबालिकाको उपचारका लागि यहाँका स्वास्थ्य संस्थाहरुमाथि चुुनौति सिर्जना गरीरहेको छ । 

विशेषज्ञहरुका अनुुसार खोप अभियानमा ढिला हुुँदा यसले अन्य गम्भीर रोगहरुलाई जन्म दिन सक्छ । 

सबैभन्दा धेरै बालबालिकाको ज्यान जाने अनुमान गरिएको भारतका अभिभावकहरुका अनुसार त्यहाँका क्लिनिकहरु पनि बन्द भएकाले बालबालिकाहरुलाई खोप लगाउन अप्ठ्यारो परिरहेको छ । डाक्टरहरुका अनुुसार जन्मेको पहिलो वर्ष खोप लगाउनुु अनिवार्य हुुन्छ । खोप लगाउँदा एउटा निश्चित समयसम्म ढिला हुुनसक्छ, तर त्यो समयपछि भने खोप लगाउन अनिवार्य हुुन आउँछ । 

दक्षिण एसियाका लागि स्वास्थ्य सल्लाहकार पल रटरले कोरोना संक्रमणको दौरान अभिभावकहरुले शिशुुको जन्म, स्वास्थ्य र पोषणमा विशेष सावधानी अपनाउनुु पर्ने र यस्तो अवस्थामा शिशुुहरुले स्वास्थ्य सुुविधा नपाए उनीहरुको मृत्युुसम्म हुुनसक्ने जस्तो भयानक अवस्था आउन सक्ने चेतावनी दिएका छन् । 
एजेन्सी