काठमाण्डौ। कोरोनाभाइरसको महामारीबीच वर्षौंदेखि वातावरणको स्वच्छतामा मडारिएको कालो बादलमा चाँदी रेखा देखिएको छ।
कोरोनाको प्रकोपका कारण यतिबेला स्थलगत र हवाई यातायातका साधनहरु बन्द अवस्थामा रहेका छन्। यसका साथै औद्योगिक कलकारखानाको उत्पादन पनि ठप्प अवस्थामा छन्। जसका कारण वातावरणलाई नोक्सान पुुर्याउने कार्बन उत्सर्जनमा व्यापक गिरावट आएको छ।
नेचर क्लाइमेट चेन्जेजमा मंगलबार प्रकाशित एक अध्ययनअनुुसार अप्रिल महिनामा प्रतिदिन १७ प्रतिशतले कार्बन उत्सर्जनमा गिरावट आएको छ। जुुन सन् २०१९ को दैनिक कार्बन उत्सर्जनभन्दा कम हो।
अध्ययनका अनुुसार गत वर्षको तुुलनामा यो वर्ष कार्बन उत्सर्जन १८.७ मिलियन मेट्रिक टनले घटेको छ। यो गिरावट सन् २००६ मा उत्सर्जन भए बराबर हो। “यो वर्ष हामीले विश्वमा कार्बन उत्सर्जनमा कम्तीमा पनि ४ प्रतिशत र सम्भवतः ७ देखि ८ प्रतिशत सम्म गिरावट आउने सक्ने देखेका छाँै”, अध्ययनका सहलेखक रोबर्ट ज्याक्सनले भने, “यो गिरावट एक वर्षमा देखिएको दोस्रो विश्व युुद्धपछिकै सबैभन्दा कम हुुन सक्छ।”
विश्वमा कार्बन उत्सर्जनको अध्ययनमा संलग्न अनुुसन्धानकर्ताहरुले अमेरिका र चीनका राज्यहरुका साथै ६९ देशहरुको उत्सर्जनको आँकडाको विश्लेषण गरेका थिए। अध्ययनको नमुुनाले विश्वको ८५ प्रतिशत जनसंख्या र ९७ प्रतिशत वैश्विक कार्बन उत्सर्जनको प्रतिनिधित्व गरेको छ।
अनुुसन्धानकर्ताहरुले विश्वको ८९ प्रतिशत कार्बन उत्सर्जनका लागि जिम्मेवार मानिएका क्षेत्रहरुमा अप्रिल महिनाको सुुरुवाततिर लकडाउनमा रहेको पाएका थिए। त्यसैले अनुुसन्धानकर्ताहरुले गम्भीरताको स्तरको आधारमा लकडानलाई तीन श्रेणीमा वर्गीकरण गरेका छन् र यसको प्रभाव सामान्य दैनिक गतिविधिमा र कार्बन उत्सर्जनमा कसरी परिरहेको छ भने आँकलन गरेको थियो।
अनुुसन्धानकर्ताहरुले अनिवार्य लकडाउन लागुु गरिएका देशहरुमा दैनिक स्थलगत यातायातमा ५० प्रतिशतको कमी र हवाई यातायातमा ७५ प्रतिशतको कमी आएको पाएका छन्।
अप्रिल महिनामा यी दुुवै क्षेत्रमा विश्वको कार्बन उत्सर्जनमा क्रमशः ३६ र ६० प्रतिशतको कमी देखिएको छ। सन् २०१९ को तुुलनामा यो वर्ष स्थलगत कार्बन उत्सर्जनमा ४३ प्रतिशतको गिरावट देखिएको छ।
विश्वको कुुल कार्बन उत्सर्जनमा हवाई क्षेत्रको योगदान ३ प्रतिशतभन्दा कम रहने गर्दछ भने स्थलगत यातायात क्षेत्रको योगदान हवाई क्षेत्रको तुुलनामा १० गुुणा धेरै हुुने गर्दछ। समग्रमा यो वर्षको जनवरीदेखि मध्य अप्रिलसम्म कार्बन उत्सर्जनमा कुुल १०४८ मिलियन मेट्रिकटनको गिरावट आएको अनुुसन्धानकर्ताहरुले बताएका छन्। यसमा २३ प्रतिशत गिरावट चीनमा, २० प्रतिशत अमेरिकामा र ९ प्रतिशत भारतमा देखिएको छ।
लकडाउनमा कडाइ गरिएका देशहरुमा औसतमा २६ प्रतिशत कार्बन उत्सर्जनमा गिरावट देखिएको छ। अनुुसन्धानकर्ताका अनुुसार यसरी दैनिक रुपमा कार्बन उत्सर्जनमा १७ प्रतिशतको गिरावट पहिले कहिल्यै देखिएको थिएन।
कोरोनाको महामारी फैलनुुपूर्व विश्वमा प्रतिवर्ष १ प्रतिशतले कार्बन उत्सर्जन वृद्धि भइरहेको एउटा नयाँ अध्ययनले देखाएको छ। तर सन् २०२० मा भने यो गति ब्रेक लाग्ने देखिएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago