काठमाण्डौ । संयुुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो स्वास्थ्य सेवाका सञ्जालका मुुख्य चिकित्सक अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउनभन्दा पनि ट्रेसिङ एप प्रभावकारी हुुने बताएका छन्।

युुएई सरकारले अप्रिल महिनाको अन्त्यतिर कोरोनाभाइरसको परीक्षण र ट्रेसिङका लागि अह्लोसन नामक एपलाई आधिकारिक रुपमा लन्च गरेको थियो। यो एपले कोरोना संक्रमितका नजिका व्यक्तिलाई पहिचान गर्नग ब्लुुटुुथ संकेतहरुको सहारा लिने गर्दछ। 

एसियाका धेरैजसो देशहरुले भाइरसको फैलावट थाहा पाउन र यसलाई रोक्न विस्तृत कन्ट्रयाक्ट ट्रयापिङ एप प्रयोग गरिरहेका छन्। अबुुधावी हेल्थ सर्भिसेजका प्रमुुख मेडिकल अफिसर अनवर सलामका अनुुसार यी एपहरु मानिसहरुको गतिविधिमा प्रतिबन्ध लगाउनुभन्दा बढी प्रभावकारी हुुने गर्दछन्। उनका अनुुसार युुएईमा कोरोनाको फैलावटलाई रोक्न लकडाउनभन्दा यो एपले महत्वपूर्ण भूमिका खेलिरहेको छ। 

युुएई सरकारका स्वास्थ्य प्रवक्ता डा फरिदा अल होसनीले राष्ट्रियस्तरमा लागू गरिएको यो एपले समुुदायलाई कोरोनाको संक्रमणबाट बचाइरहेको बताए। तर युुएईको स्वास्थ्य मन्त्रालयले आफ्नो विज्ञप्तिमा यो एपको प्रभावकारिताका लागि यसलाई व्यापक मात्रामा प्रयोग गर्नुुपर्ने जनाएको छ। युएईमा करिब १ करोड मानिस बसोबास गर्ने गर्दछन्। यो एपलाई त्यहाँका लाखौँ मानिसले डाउनलोड गरेका छन्। 

युुएई सरकारले दैनिक जीवनलाई पुुनः सामान्य गतिमा फर्काउन यो एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। – एजेन्सी