काठमाण्डौ । नेपालमा २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 

योसँगै कुल संक्रमितको संख्या ५०७ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोपटक डडेल्धुरा, बैतडी, मोरङ र बाँकेका गरी २० जनामा संक्रमण देखिएको हो । 

यसमध्ये बैतडी, डडेलधुरा र मोरङका १ १ जना पुरुष, कैलालीका ३ जना र बाँकेका १४ जना रहेका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ भने ७० जनाभन्दा बढी निको भएर घर फर्किसकेका छन् ।