काठमाण्डौ । महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणको त्रासका कारण उत्पन्न परिस्थितिका कारण विश्वभर ८ करोड नवजात शिशुलाई समयमै खोप लगाउन समस्या हुन सक्ने भएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार महामारीका कारण विश्वभरका स्वास्थ्य व्यवस्थाहरु प्रभावित हुँदा नवजात शिशुहरुलाई दिइनुपर्ने डिफ्थेरिया, मिजल्स र पोलियोविरुद्धको खोपको नियमित रुटिन प्रभावित हुन सक्छन्।
डब्ल्यूएचओ र सहयोगी संगठनहरुद्वारा संकलित आँकडाअनुसार १ वर्ष कम उमेरका शिशुहरुलाई नियमित रुपमा दिइने खोप कार्यक्रम कम्तीमा पनि ६८ देश प्रभावित छन्।
सन् १९७० बाट विश्वभर खोप कार्यक्रम चलिरहेको छ। कोरोना भाइरसका कारण पहिलोपटक खोप कार्यक्रम प्रभावित भइरहेको डब्ल्यूएचओले जनाएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago