– धर्म मलासी

काठमाण्डौ । कागजी नोटबाट कोरोनाभाइरसको संक्रमण फैलिने त्रासले विश्वका विभिन्न देशहरुले नगद कारोबार कम गर्न आफ्ना नागरिकलाई निर्देशन दिएका छन्। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि नोटबाट कोरोनाको संक्रमण फैलन सक्ने भएकाले सम्भव भएका ठाउँहरुमा नगदरहित कारोबार गर्न सुुझाव दिएको छ। यसअघि कोरोनाको संक्रमणमा परेका नोटलाई चीन सरकारले नष्ट गरिसकेको छ। दक्षिण कोरियाले पनि नोटहरुलाई दुई सातासम्म क्वारेनटाइनमा राख्ने नीति लिएको छ। 

डब्लूएचओका अनुसार कोरोनाभाइरस सामान्य अवस्थामा नोटमा ९ दिनसम्म जीवित रहने गर्दछ। 

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले पनि एसिया र युुरोपबाट आउने नोटलाई न्यूनतम १० दिनसम्म होल्ड गरेर डिस्इन्फेक्डट गरिरहेको छ। पहिले यो अवधि जम्मा ५ दिनको थियो। 

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले पनि सरकारसँग सहकार्य गर्दै जनतालाई डिजिटल कारोबार गर्न जोड दिएको छ।  

नोटले कोरोना संक्रमण बढ्न सक्ने भएपछि विश्वमा डिजिटल पेमेन्ट गर्नेको संख्या बढेको छ। यतिबेला मानिसमा डिजिटल पेमेन्टप्रतिको मोह बढ्दो छ।

विश्वका सरकार र केद्रीय बैंकले नगद कारोबार सकेसम्म नगर्न आफ्ना जनतालाई हौसला दिइरहेको छ।

यसरी कोरोनाको संक्रमणबाट बच्न डिजिटल (मोबाइल बैंकिङ) तर्फ सारा विश्व लम्किरहँदा नेपालमा यो विषय प्राथमिकतामा पर्न सकेको छैन। नेपालमा नोटको परिचालन, प्रयोग र नियमन गर्ने सर्वाेच्च निकाय नेपाल राष्ट्र बैंकको यसतर्फ ध्यान पुुगेको देखिँदैन। 

नेपाललाई विश्व स्वास्थ्य संगठनले कोरोना संंक्रमण हुुन सक्ने उच्च जोखिम भएको सूचीमा राखे पनि नेपालमा अहिलेसम्म कोरोनाबाट संक्रमित एकजना पनि भेटिएका छैनन्। तर यदि नेपालमा कोरोना संक्रमण देखिहाले नोटका माध्यमबाट यसले विकराल रुप लिन सक्ने स्वास्थ्य क्षेत्रसँग सम्बद्ध जानकारहरु बताउँछन्। 

संक्रमित व्यक्तिले छोएको नोटबाट धेरैजनामा यो भाइरस सार्न सक्ने स्वास्थ्य विज्ञहरु बताउँछन्। 

नेपाल राष्ट्र बैंकका प्रवक्त गुुणाकर भट्टले नेपाल राष्ट्र बैंकले कोरोनाको प्रभावबाट जोगिन जनतालाई डिजिटल कारोबार गर्न प्रेरित गर्ने कुुरामा गृृहकार्य गरिरहेको बताए। ‘हामीसँग त्यसका लागि पूर्वाधार छ तर पर्याप्त छैन। सहरी क्षेत्रका जनतामा यसको पहुुँच भए पनि ग्रामीण भेगका जनताको पहुुचबाट भने यो धेरै टाढा छ। तत्काल नै सबैसामुु यो पुुर्याउन पनि सम्भव छैन”, उनले भने। 

जतनालाई अहिले नै नगद कारोबार बन्द गर्नुुहोस् भन्दा पेनिक अवस्था सिर्जना हुुन सक्ने भएकाले आवश्यक पर्दा त्यससँग सम्बन्धित निर्णय लिन सकिने भट्टले बताए। विदेशबाट आएका नोटहरुबाट पनि संक्रमण सर्न सक्ने भएकाले अन्य देशले गरेझै राष्ट्र बैंकले पनि विदेशी नोटलाई क्वारेन्टाइनमा राख्ने विषयमा छलफल भइरहेको र यसको निर्णय चाँडै हुुन सक्ने उनले संकेत गरे। ‘अहिलेको यो अवस्था जनतालाई डिजिटल कारोबार गर्न अभ्यस्त गराउने कुुरामा एउटा अवसर पनि हो’, उनले भने। 

बैंक, विद्युुत् कार्यालय, खानेपानी कार्यालयलगायतका ठाउँमा लाग्ने भीड कम गर्न र किनमेल गर्दा तथा पैसा निकाल्दा मोबाइल बैंकिङ र डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्न भटट्ले सुुझाव दिए। 

नेपालमा अहिले मोबाइल बैंकिङ कारोबार गर्नेको संख्या ९८ लाख रहेको छ। त्यस्तै डेबिट कार्ड प्रयोगकर्ता ७२ लाख र क्रेडिट कार्ड प्रयोगकर्ता १ लाख ४६ हजार रहेका छन्। 

खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले नेपालमा कोरोनाले गर्दा डिजिटल पेमेन्ट गर्नेको संख्यामा उल्लेख्य वृद्धि नभएको बताए। “सरकारले जनतालाई भीडभाड नगर्न भनिरहेको छ तर बैंक, विद्युुत्, खानेपानीजस्ता कार्यालयमा हुने भीड घटाउन जनतालाई डिजिटल पेमेन्ट गर भनेर निर्देशन दिनसकिरहेको छैन”, उनले भने, ‘यसका लागि सरकारले मोबाइल बैंकिङसँग सम्बन्धित सचेतनाका कार्यक्रम ल्याउनुुपर्छ।’ 

त्यस्तै आई–पेका अर्पेसनल इन्चार्ज विराट शिलवालले नेपालमा कोरोना नदेखिएकाले मानिसहरु डिजिटल कारोबारतर्फ त्यति आर्कषित नभएको हुुन सक्ने अनुुमान लगाए। तर कोरोना देखिएको छैन भनेर ढुुक्क संग बस्न नहुुने र सकै सम्म अनलाइन कारोबार गनुुपर्ने तर्क उनले राखे। “यसो गर्दा भिडभाडबाट संक्रमण सर्न सक्ने सम्भावना न्युुन हुुन्छ”, उनले भने।

कोरोनाको कारण विदेशबाट एपीआई सिस्टममार्फत आउने रेमिट्यान्स भने घटेको शिलवालले जानकारी दिए।