काठमाण्डौ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाभाइरस संक्रमण निको भएपछि आफ्नो आँखाको ज्योतिमा समस्या देखिएको बताएका छन्।

केही समयअघि कोरोना संक्रमणबाट ग्रस्त भएका प्रधानमन्त्री जोन्सन दुई साता लामो अस्पताल बसाइपछि निको भएर फर्किएका थिए। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई केही दिन आईसीयूमा पनि राख्नुपरेको थियो। 

जोन्सनको यो भनाइ उनको प्रमुख सहयोगी डोमिनिक कमिंग्सको अभिव्यक्तिपछि आएको हो। डोमिनिकले पनि देशमा लकडाउनका क्रममा आफ्ना आँखा परीक्षण गर्न बर्नार्डबाट क्यासलसम्म कारमा ६० मिल यात्रा गरेका थिए। 

त्यसो भए के त साँच्चीकै कोरोना संक्रमणले मानिसको आँखाको ज्योतिमा असर गर्छ त ? विशेषज्ञहरुले भने यो भाइरसका कारण आँखामा ज्योतिमा समस्या आउन असामान्य रहेको बताएका छन्। उनीहरुले यसअघि यस्तो समस्याका बारेमा नसुनेको पनि प्रतिक्रिया दिएका छन्।

यस किसिमको संक्रमणका कारण आँखाबाट पानी आउने, चिलाउने वा असहजता महसुस हुन भने सक्ने विशेषज्ञहरुको धारणा छ। – एजेन्सी