काठमाण्डौ । महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस रोकथाम न्युजिल्यान्ड विश्वमै एक सफल राष्ट्र बन्न सफल भएको छ।
न्युजिल्यान्ड सरकारले देश कोरोना संक्रमितमुक्त भएको दाबी गरेसँगै विश्वमै कोरोना नियन्त्रणमा यो देश नमुना राष्ट्रका रुपमा खडा भएको हो।
न्युजिल्यान्डको स्वास्थ्य विभागका अनुसार अस्पतालमा उपचाररत अन्तिम एकमात्र कोरोना संक्रमित बिरामी पनि मंगलबार राति निको भएर घर फर्किएका छन्। अब न्युजिल्यान्डका कुनै पनि अस्पताल कोरोना संक्रमित बिरामी नरहेको विभागले दाबी गरेको छ।
त्यसो त पछिल्लो ५ दिनदेखि न्युजिल्यान्डमा एकजना पनि कोरोना संक्रमित फेला परेका छैनन्। न्युजिल्यान्ड सरकारका अनुसार न्युजिल्यान्डमा ४ लाख २० हजारभन्दा बढी मानिसले सरकारको कन्ट्याक्ट ट्रेसिङ एप डाउनलोड गरेका छन्।
स्वास्थ्य विभागका अधिकारीहरु न्युजिल्यानडमा कम्युनिटी ट्रान्समिसन रोक्न सफल भएकोमा आश्वस्त छन्। तर उनीहरुले आउँदो महिनादेखि अन्य देशका आफ्ना सीमा नाका खुला गर्ने सरकारको निर्णयप्रति भने चिन्ता व्यक्त गरेका छन्।
कोरोनाबाट न्युजिल्यान्डमा १ हजार ५०४ जनामात्र संक्रमित भएका छन्। तीमध्ये २१ जनाको ज्यान गएको छ भने बाँकी निको भएर घर फर्किएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago