काठमाण्डौ । कोरोना संक्रमितको संख्या देशमा यसैगरी बढ्ने क्रम जारी रहे केही दिनपछिदेखि नै सामान्य अवस्थाका संक्रमितले घरमै बस्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले लक्षण नदेखिएका र बिरामी नपरेका संक्रमितहरुले घरकै आइसोलेसनमा बस्नुपर्ने हुनसक्ने बताएका हुन् ।
सोमबारको प्रेस विफ्रिङका क्रममा उनले सरकारले संक्रमित र बिरामी छुट्याएर सोहीअनुसारको नयाँ व्यवस्था गर्न लागेको जानकारी दिए ।
‘संक्रमितको संख्या यसैगरी बढ्दै गए सबैलाई अस्पतालमा राख्न नसक्ने अवस्था देखिएको छ । मापदण्ड पुगेका क्वारेन्टाइनलाई अपग्रेड गरेर आइसोलेसन बनाउने तथा नयाँ आइसोलेसन समेत बनाउने योजनामा छौं ।’ उनले भने–‘हाल उपलब्ध पूर्वाधारलाई नै आइसोलेसनको रुपमा विकास गर्ने सोंच छ ।’
उनका अनुसार केही दिनपछिदेखि नै सरकारले लक्षण देखिएका र बिरामी भएका संक्रमितलाई मात्र अस्पतालमा राख्नेछ । लक्षण नदेखिएका र कोरोनाबाहेक अन्य हिसाबले स्वस्थ संक्रमितलाई भने घरमै पनि बस्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।
यसअघि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले समेत कोरोना संक्रमितको संख्या २ हजार नाघेपछि सामान्य अवस्थाका संक्रमितलाई अस्पतालमा नराखिने प्रष्ट पारेका थिए ।
बिरामी अवस्थाका संक्रमितलाई मात्र अस्पतालमा राखिने र बाँकीलाई छुट्टै आइसोलेसनस्थल वा घरमै समेत राख्न सकिने उनले बताएका थिए ।
यो विषयमा औपचारिक निर्णय भने भइसकेको छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago