काठमाण्डौ । कोरोनाभाइरसअघि महामारीका रुपमा फैलिएको इबोलाभाइरस निर्मूलको घोषणा गर्नै लाग्दा कंगोमा फेरि यसबाट ४ जनाको ज्यान खुलासा भएको छ।
कंगोका स्वास्थ्य इटेनी लोंगोंडोले पश्चिमी सहर म्बानडामा इबोलाभाइरसबाट चारजनाको ज्यान गएको खुलासा गरेका हुन्। यो सहर यसअघि इबोलाको व्यापक प्रकोप देखिएको कंगो एउटा सहरबाट करिब १ हजार किलोमिटर पर पुनः देखिएको हो।
इबोलाको प्रकोप फेरि देखिएपछि कंगो सरकार समस्यामा परेको छ। स्वास्थ्यमन्त्री इटेनी भन्छन्, ‘अहिले हामी विश्व महामारी कोरोनाभाइरससँग जुझिरहेका छौँ, यही बेला फेरि हाम्रासामु इबोलाको चुनौती थपिएको छ।’
कंगो सरकारले इबोला महामारी गत अप्रिलको अन्त्यतिर निर्मूल भएको घोषणा गर्न लागेको थियो। तर पुनः इबोलाका ज्यान जान थालेपछि यो घोषणा टरेको छ।
स्वास्थ्यमन्त्री इटेनीले इबोला प्रभावित क्षेत्रमा औषधिसहितको चिकित्सकीय टोली पठाइएको जानकारी दिए। त्यहाँ अन्य थुप्रै मानिस इबोलाबाट प्रभावित हुन सक्ने आशंका गरिएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19