काठमाण्डौ । देशमा आइतबार २१३ कोरोना संक्रमित थपिएका छन्
योसहित देशमा कुल संक्रमितको संख्या ३४४८ पुगेको छ ।
हालसम्म देशका ७१ वटा जिल्लामा कोरोना संक्रमण विस्तार भइसकेको छ । अब ६ वटा जिल्लामा मात्र बाँकी छन् ।
आइतबार रोल्पा समेत कोरोना संक्रमित भेटिएको पछिल्लो जिल्ला बन्न पुगेको हो ।
पछिल्लो समय कोरोनामाथि जित हासिल गरेर घर फर्किनेको संख्या समेत उल्लेख्य रुपमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालका आइसोलेसनमा रहेर कोरोनालाई जिती १०२ जना घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित कुल डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १२ जना, कैलाली अस्पतालबाट बाराका ३४ जना, बलम्बूस्थित कोभिड युनिफाइड अस्पतालबाट महोत्तरीका एकजना, बुटवलको कोरोना आइसोलेसन सेन्टरबाट रुपन्देही र कपिलवस्तुका २७ जना, दाङको बेलझण्डीस्थित आइसोलेसन सेन्टरबाट बाँके, दाङ, बर्दिया र कपिलवस्तुका १० जना तथा गौरको नर्सिङ इन्स्टिच्यूटबाट रौतहटका १८ जना डिस्चार्ज भएका हुन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago