काठमाण्डौ । भारतको आर्थिक राजधानी मुम्बईमा कोरोनाभाइरस संक्रमणको मामिला बढेर ५१ हजार नाघेको छ।
मुम्बईको यो आँकडा कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरको तुलनामा बढी हो। वुहानमा कोरोना संक्रमणको मामिलाले सुरुआती अवस्थामा निकै चरम रुप लिएको थियो। अहिले वुहानको अवस्था सामान्य बनिसकेको छ।
भारतमा संक्रमण कुल मामिला २ लाख ७६ हजारभन्दा बढी भइसकेको छ। भारतको महाराष्ट्र यो भाइरसबाट अतिप्रभावित छ। त्यहाँ संक्रमणको मामिला ९० हजारभन्दा बढी छ र मुम्बई महाराष्ट्रको राजधानी पनि हो।
मुम्बईसँगै भारतको राजधानीमा दिल्लीमा पनि कोरोना संक्रमणको मामिला तीव्र रुपमा बढ्दै गएको छ। दिल्ली सरकारले नै अधिकारिक रुपमा भनिसकेको छ कि जुलाईसम्म दिल्लीमा कोरोना संक्रमणको मामिला पाँच लाखसम्म पुग्ने अनुमान सार्वजनिक भइसकेको छ।
भारतमा कोरोना संक्रमण बढ्न नदिन लगभग ३ महिना लकडाउन गरिएको थियो। तर अहिले लकडाउनमा निकै खुकुलो पारिएको छ।
गत ८ जुनबाट देशका अधिकांश राज्यमा सपिङमल, धार्मिकस्थल, होटेल तथा रेस्टुराँ आदि खुलिसकेका छन्। बजार, पसल र यातायातका साधन पनि केही सर्तसहित खुला गरिएका छन्।
विशेषज्ञहरुले लकडाउन खुकुलो पारेकै कारण भारतमा कोरोना संक्रमणको मामिला अझै बढ्न सक्ने अनुमान गरेका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago