काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस संक्रमणको उपचारका लागि हालसम्म कुनै औषधि वा भ्याक्सिन बनिसकेको छैन। विश्वका थुप्रै देशमा कोरोनाविरुद्धको भ्याक्सिन वा औषधि बनाउन विभिन्न किसिमको परीक्षण जारी नै छ।
यस्तै एउटा नयाँ औषधि (चक्की) कोरोना संक्रमितको उपचारमा लाभदायक हुन सक्ने आशा जागेको छ। त्यो औषधि हो, ‘फेमोटिडिन’।
यो औषधि हालसम्म पेटमा हुने समस्या, ऐसिडिटीलगायत कम गर्नमा प्रयोग गरिँदै आएको छ। यो औषधि अहिले कोरोना संक्रमितलाई दिँदा केही हदसम्म लाभदायक देखिएको अनुसन्धानमा लागेका वैज्ञानिकहरुले बताएका छन्। यो औषधि कोरोना संक्रमितलाई दिँदा उनीहरुमा सुक्खा खोकी, सास लिन गाह्रोजस्ता समस्या हटेको उनीहरुको दाबी छ।
यो औषधिसँग जोडिएको एउटा अनुसन्धान मेडिकल जर्नल अफ ग्यास्ट्रोइन्टेस्टाइनल साइन्टिस्टमा प्रकाशित भएको छ। फेमोटिडिन हालसम्म पाचन प्रणालीमा हुने समस्या हल गर्न बिरामीलाई दिने गरिन्छ। पाचन प्रणालीमा समस्या भएमा बिरामीलाई चिकित्सकले फेमोटिडिन चक्की दैनिक ४ पटक खाना सल्लाह दिन्छन्।
अहिले यो फेमोटिडिन चक्कीमाथि अनुसन्धान अमेरिकाको कोल्ड स्प्रिङ हार्बर ल्याबको क्यान्सर सेन्टरमा भएको हो। अनुसन्धानका क्रममा वैज्ञानिकहरुले १० जना कोरोना संक्रमितमा यो औषधिको प्रयोग गरिएको थियो। जसमा ६ पुरुष र चार महिला थिए।
सुरुआतमा ती सबै १० जनामा कोरोना संक्रमणको लक्षण देखिएको थियो। जस्तै खोकी, सास लिन समस्या, टाउको दुःखाइ र स्वाद थाहा नहुने। सबैलाई फेमोटिडिन चक्की दिन थालियो।
ती सबैलाई ११ दिनसम्म नियमित रुपमा यो औषधि सेवन गर्न लगाइएको थियो। ती सबै बिरामीमा यो औषधि सेवन गरेको २४ घन्टामै कोरोना संक्रमणका लक्षणहरु कम हुँदै गएको वैज्ञानिकहरुले दाबी गरेका छन्। उनीहरुका अनुसार १४ दिनमा त उनीहरुमा पूर्ण रुप कोरोनाको लक्षण गायब भएको पाइयो।
अहिले ती वैज्ञानिकहरुको दाबी छ कि यो औषधि कोरोना संक्रमित बिरामीको उपचारका लागि निकै लाभदायक हुन सक्छ। त्यसैले यो औषधिमाथि थप अनुसन्धान गर्न आफूहरु लागिपरेको उनीहरुको भनाइ छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago