काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ४२१ कोरोना संक्रमित थपिएका छन् ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । योसहित देशमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।
पछिल्लो समय झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, सिरहाका ५२ जना, ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमित थपिने संख्यासँगै कोरोनामाथि जित हासिल गर्ने संक्रमितको संख्या समेत बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रबाट १९४ जनाले कोरोनामाथि जित हासिल गरेका छन् । योसँगै निको हुनेको संख्या १ हजार ७७२ पुगेको मन्त्रालयले जनाएको छ ।
थप मृत्यु
यसैबीच, कोरोना संक्रमणबाट नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति प्यारालाइसिसको उपचार गरेर जेठ २५ गते भारतबाट नेपाल आएका थिए । उनको होम क्वारेन्टाइनमै रहेको बेला असार ५ गते मृत्यु भएको हो । मृत्युपछि उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या २३ पुगेको मन्त्रालयले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago