काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न आग्रह गरेको छ।
मन्त्रालयको आइतबार सावटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको छ। पत्रमा कोरोना नियन्त्रणका लागि नेपालले विशेष तयारी तथा उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सम्बन्धित प्रदेशहरुमा कार्यरत मेडिकल अधिकृत (एमबीबीएस वा सोसरह शैक्षिक योग्यता भएका), वरिष्ठ चिकित्सकहरु (एमडी÷एमएस शैक्षिक योग्यता भएका), मेडिकल कलेजहरुमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनरत एमडी/एमएसका विद्यार्थीलाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि परिचालन गर्न आग्रह गरिएको छ।
पत्रका प्रदेशअन्तर्गत नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरी कार्यरत मेडिकल अधिकृतहरु र वरिष्ठ चिकित्सकहरु खटाएको निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोरोना रोकथाम तथा नियन्त्रणमा आवश्यकताअनुसार परिचालन गर्न आग्रह गरिएको छ।
त्यस्तै प्रदेशमा सरकारको छात्रवृत्तिमा अध्ययन एमडीएमएस र एमबीबीएसका विद्यार्थीलाई मेडिकल कलेजको समन्वयनमा परिचालन गर्न आग्रह गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago