काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार बजार नेप्से परिसूचकमा झिनो अंकको गिरावटका साथ बन्द भएको छ।
आज नेप्से परिसूचक २.६२ अंकको गिरावटका साथ १४६२.४८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ अंकको गिरावटसँगै ३०७.३१ मा सीमित बन्न पुग्यो।
देशका प्रमुख सहरमा कोरोनाको सन्त्रास बढेसँगै पुनः नेपालमा कोरोनाको दोस्रो लहर चल्ने हो कि भन्ने मनोवैज्ञानिक असर आम लगानीकर्तामा पर्दा पनि सेयर बजार प्रभावित भएको विश्लेषकहरु बताउँछन्। देशका मुख्य सहर विराटनगर, इनरुवा र वीरगन्जलगायत सहरमा कोरोना समुदायस्तरसम्म फैलिएको खबर सनसनी भएसँगै बजारमा केही सन्नाटा छाएको छ।
हिजोआज सेयर बजारमैत्री वातावरण चौतर्फी बनिरहेका बेला पुनः कोरोना समुदायसम्म पुगेको र त्यसको सोझो असर आमलगानीकर्ताहरुको मनोबलमा समेत परेको स्टक ब्रोकरहरुको भनाइ छ। भर्खरै चार महिना लामो लकडाउनको अन्त भएसँगै अर्थतन्त्र चलायमान हुने आशाले सेयर बजारमा पनि क्रमशः उत्साह र रौनक बढ्दै थियो। तर कोरोना संक्रमितको संख्या उल्लेख बढ्दा पुनः लकडाउन हुने त्रास र आशंकाले आज अधिकांश लगानीकर्तामा सेयर बिक्री गरी नाफा बुक गर्दै सुरक्षित रहनसमेत सेयर बिक्रीको चाप परेको देखिन्छ।
आजको कारोबार खरिदभन्दा कोरोनाकै सन्त्रासले बिक्री चाप बढेको ब्रोकरहरुको दाबी छ। जसका कारण बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जामा विशेष फोकस दिई सिंगल डिजिट ब्याजदरमा ऋण प्रवाह गर्ने लिगलिगे दौडको असरले समेत सेयर बजारमा खासै रौनक ल्याउन नसकेको उनीहरुको भनाइ छ।
समग्रमा आजको बजारमा मुख्यतः कोरोनाको डर हावी भएको हुनाले पनि लगानीकर्तामा मनोबल बढ्न नसकेको जानकार बताउँछन्। हिजोबाट बजार तंग्रिने प्रयासका बाबजुद लगानीकर्ताले पर्ख र हेरको रणनीतिले समेत बजारमा थप उत्साह सिर्जना गर्न नसकेको बताइन्छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा मात्र हरियाली छायो भने बाँकी ८ वटा समूहमा रातो पोतियो।
यो दिन लघुवित्त समूहमा सबैभन्दा बढी १२.४६ अंकको बढोत्तरी देखियो। यसैगरी विकास बैंक समूहमा ४.१८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५.०३ अंक र अन्य समूहमा ५.७१ अंकको वृद्धि देखियो।
आज निर्जीवन बीमा समूहमा सबैभन्दा बढी १५०.४१ अंकको गिरावट आयो। जीवन बीमा समूहमा ८८.७७ अंकको गिरावट देखिएको यो दिन बैंकिङ समूहमा १.२५ अंक, व्यापार समूहमा ७.०७ अंक, होटेल्स् समूहमा ३२.९१ अंक, जलविद्युत् समूहमा २.५९ अंक, वित्त समूहमा ०.९४ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको गिरावट आयो।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८७ कम्पनीका ४२ लाख ५७ हजार १६१ कित्ता सेयर १ अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै १७ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार गर्यो।
यस्तै नेपाल पुनर्बीमा कम्पनीले १४ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकले ९ करोड ९ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तले ७ करोड ७९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ६ करोड रुपैयाँ, एनएमबी बैंकले ५ करोड ८४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ५ करोड ७१ लाख रुपैयाँ, शिवम् सिमेन्टले ४ करोड २ लाख रुपैयाँ, छिमेक लघुवित्तले ३ करोड ६५ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयरले २ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार गरे।
धेरै कमाउने र धेरै गुमाउनेहरु
आज जोशी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी आएर पोजेटिभ सर्किट लाग्यो।
यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आयो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago