काठमाण्डौ । भियतनाम यतिबेला फेरि कोरोना संक्रमणको मामिला बढ्न थालेपछि त्रस्त बनेको छ।
कुनै समय कोरोना प्रकोप नियन्त्रणमा राख्न सफल भएको भन्दै प्रशंसा बटुलेको भियतनाममा यतिबेला पुनः यो मामिला देशभर बढ्ने सम्भावना देखिएको हो। जसलाई नियन्त्रण गर्न अहिले भियतनाम लागिपरेको छ।
सबैभन्दा पहिले कोरोना देखिएको चीनसँग सीमा जोडिएको दक्षिणपूर्वि एसियाको यो देशको समुद्रीय तटिय सहर दानाङका एक ५७ वर्षीय वृद्धलाई संक्रमण देखिनुभन्दा तीन महिना अघिसम्म स्थानीय फैलावटको कुनै पनि केसहरु देखिएको थिएन।
भियतनाम सरकारका अनुसार तीन महिनाअघि पहिलोपटक संक्रमण देखिएका ती वृद्धले पछिल्लो एक महिनाको अवधिमा स्थानीय र अन्तर्राष्ट्रिय कुनै पनि यात्रा गरेका थिएनन्। तर रोयर्टसको रिपोर्टका अनुसार हजारौँ आन्तरिक पर्यटकहरु छुट्टी मनाउन सामुद्रिक सहरमा गएका छन्।
कोरोना संक्रमण देखिएपछि भियतनाम सरकारका अधिकारीहरुले दानाङमा रहेका ८० हजार पर्यटकलाई त्यहाँबाट उद्धार गर्ने तयारी गरेको छ। बुधबार सरकारी टेलिभिजनमा सम्बोधन गर्दै भियतनामका प्रधानमन्त्री न्युग्येन छुवान फुकले देशका सबै प्रान्त र सहरमा थप कोरोना संक्रमणको जोखिम रहेको भन्दै चेतावनी दिएका छन्।
९ करोड ७० लाख जनसंख्या भएको भियतनाममा बुधबार पुष्टि भएका कोरोनाका ४५० केसहरु तुलनात्मक रुपमा कम हो। यहाँ कोरोनाबाट अहिले सम्म कसैको पनि मृत्यु भएको पुष्टि भएको छैन। तर अहिले देखिएको प्रकोपले तीव्रगतिमा फैलिरहेको भाइरसको सामना गर्न यहाँका स्थानीय सरकार र केन्द्रीय सरकारलाई गाह्रो परिरहेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago