काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट बच्न अहिले विश्वका अधिकांश देशका मानिसहरु अनिवार्य रुपमा मास्क लगाउँछन्।
यो भाइरसले अहिले विश्वभर सन्त्रास फैलाइरहेको छ। अहिलेसम्म विश्वभर यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ लाख नजिक पुगिसकेको छ। १ करोड ८४ लाख ५१ हजार बढी मानिस संक्रमित भइसकेका छन्।
डब्ल्यूएचओले पनि प्रभावकारी भ्याक्सिन नबन्दासम्म अनिवार्य रुपमा मास्क लगाउन, हात नियमित धुन र सामाजिक दूरी कायम राख्न सुझाव दिएको छ। अनिवार्यतासँगै अहिले बजारमा विभिन्न थरीका मास्क पाइन्छन्। जसमध्ये एक थरीको हो फिल्टरवाला मास्क।
अहिले विश्वका धेरै ठाउँमा फिल्टरवाला मास्क नलगाउन सल्लाह दिन थालिएको छ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले स्थानीय नागरिकलाई फिल्टरवाला मास्क नलगाउन सुझाव दिएका छन्। किनकि प्वाल (फिल्टर) भएको त्यस्तो मास्कबाट अरूलाई कोरोना भाइरस सर्ने जोखिम हुने स्वास्थ्य अधिकारीहरुको दाबी छ।
यसैगरी प्राध्यापक ब्रेट सटनले त्यस्तो मास्कले आफूमा भएको कोरोनाभाइरस साससँगै बाहिर छाड्ने र अन्य मानिसलाई पनि संक्रमित बनाउने दाबी गरेका छन्। ‘यस्ता मास्कले तपाइँलाई त सुरक्षित राख्न सक्छ तर आफूलाई संक्रमण छ भने अर्काे व्यक्तिलाई असुरक्षित बनाउँछ’, सटनले ट्विट गर्दै भनेका छन्।
फास्ट कम्पनीका अनुसार सुरुको समयमा बनाइएका मास्क विशेषगरी कारखाना र कोइला खानीमा काम गर्नेहरुलाई लक्षित गरी बनाइएको थियो। जसमा रहेको फिल्टरले लामो समयसम्म लगाउन सकियोस् र धुलो छेकोस् भन्ने उद्देश्य रहेको थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19