काठमाण्डौ । दक्षिण एसियाली मुलुकहरुमै सबैभन्दा कम कोरोना संक्रमणको मामिला देखिएको भुटानमा पहिलोपटक लकडाउन गर्ने घोषणा गरिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार विदेशबाट राजधानी थिम्पु फर्किएकी एक स्थानी महिलामा कोरोना संक्रमण देखिएपछि भुटानले लकडाउन गर्ने निर्णय लिएको हो। कोरोना संक्रमण फैलिन सक्ने भएकोले स्थानीय प्रशासनले लकडाउन लगाउने निर्णय लिएको बताइएको छ।
ती २७ वर्षीय महिला हालै इराकको कुवेत सहरबाट थिम्पु फर्किएकी थिइन्। उनलाई क्वारेन्टिनमा राखिएको छ। क्वारेन्टिनमै बसेका बेला उनको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएकी थिइन्।
घर फर्किएपछि ती महिलाले राजधानी थिम्पुमा धेरै मानिससँग भेटघाट गरेको सरकारी अधिकारीहरु बताउँछन्। हिजो सोमबार एउटा प्राइभेट क्लिनिकमा गरिएको टेस्टमा उनमा फेरि कोरोना पोजेटिभ देखिएको हो।
स्थानीय प्रशासनले सानो गल्तीले पनि राजधानी थिम्पुमा कोरोना फैलिन सक्ने भएकोले लकडाउन विकल्पका रुपमा चुनिएको जनाएको छ। लकडाउनसँगै भुटानमा रहेका करिब साढे ७ लाख मानिस घरभित्र बस्नुपर्ने अवस्था आएको छ भने यातायात सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ।
न्यून संक्रमित देखिएको भुटानमा हालसम्म कोरोनाबाट कसैको ज्यान गएको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago