काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावटका साथ बजार बन्द भएको छ।
आज नेप्से परिसूचक १६.६० अंकको गिरावटका साथ १३९१.२९ को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७१ अंकको गिरावटका साथ २८७.०७ को विन्दुमा झरेको छ।
देशभर कोरोनाभाइरस संक्रमित बढेपछि धमाधम निषेधाज्ञा जारी गर्ने क्रम भइरहेकोले लगानीकर्ताको मनोबल केही खस्केको विश्लेषकहरुको भनाइ छ। सेयर खरिदबिक्री गर्दा बजार अझै घट्ने मानसकिता लगानीकर्तामा हावी हुँदा थोरै मार्जिनमा नै बार्गेनिङ भई सेयर कारोबार भएको देखिएको उनीहरु बताउँछन्।
परिसूचक दोहोरो अंकले घटेको आजको दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २२ कम्पनीका सेयरमूल्यमात्र बढे र १४ कम्पनीहरुका सेयरमूल्य स्थिर रह्यो। यस्तै १३० कम्पनीका सेयरमूल्य भने झरेको नेप्सेले जनाएको छ।
आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा रातो पोतिएको छ।
यो दिन सबैभन्दा धेरै जीवन बीमा समूहमा १३६.५९ र निर्जीवन बीमा समूहमा ११३.४४ अंकको गिरावट आयो। आज बैंकिङ समूहमा १५.१२ अंक, व्यापार समूहमा १२.२८ अंक, होटेल्स् समूहमा ३.९८ अंक, विकास बैंक समूहमा १८.३१ अंक, जलविद्युत् समूहमा ६.२१ अंक, वित्त समूहमा ३.०३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४०.८ अंक, अन्य समूहमा ३.८८ अंक र लघुवित्त समूहमा २९.९ अंकको गिरावट आयो भने म्युचुअल फन्ड समूह ०.०१ प्रतिशतले घट्यो।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८५ कम्पनीका २४ लाख ६९ हजार ४९९ कित्ता सेयर ९७ करोड ३५ लाख ८८ हजार ५७० रुपैयाँमा कारोबार भयो।
यो दिन नागरिक लगानी कोषले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्र ७ करोड २ लाख रुपैयाँ बढीको कारोबार भयो।
यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ८९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७९ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ४ करोड ६५ लाख रुपैयाँ, साधना लघुवित्तको ३ करोड ६५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ७४ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २ करोड ३३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको २ करोड ९ लाख रुपैयाँ, एनएमबी बैंकको २ करोड ४ लाख रुपैयाँ र नेपाल बैंकको १ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भयो।
धेरै कमाउने र धेरै गुमाउनेहरु
आज समृद्धि फाइनान्सका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट नै लग्यो।
यो दिन प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै ४ प्रतिशतको हाराहारीमा गिरावट आयो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago