काठमाण्डौ । कोरोना संक्रमितहरुको मृत्यु हुने क्रम पछिल्ला केही दिनहरुमा लगातार बढिरहेको छ । यो क्रममा पछिल्लो २४ घण्टामा देशभर ११ कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न क्षेत्रमा १ महिला र १० पुरुष संक्रमितको मृत्यु भएको हो । योसहित कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १३७ पुगेको छ । 

मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, चितवन, मकवानपुर, मोरङ, सप्तरी, बारा, पर्सा, सर्लाही र प्युठानका १–१ पुरुषको मृत्यु भएको छ । यस्तै, दोलखाकी एक महिलाको समेत मृत्यु भएको छ ।