काठमाण्डौ । कोरोना संक्रमितको संख्या भूसको आगो फैलिए झै बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुमा ६ हजार २०२ वटा शैया थपेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार लक्षण देखिएका कोरोना संक्रमितको उपचारमा बेड अभाव नहोस् भन्ने उद्देश्यले एकैपटक देशभर ६ हजार २०२ शैया थपिएको हो । 

उनकाअनुसार केन्द्रीय अस्पतालमा १ हजार बेड थप गरिएको छ भने प्रादेशिक अस्पतालहरुमा १ हजार ९५७ बेड थप गरिएको छ । 

यस्तै, ६४९ पालिकाहरुमा प्रत्येकमा ५ वटाको दरले जनशक्तिसहित ३ हजार २४५ बेड थप गरिएको डा. गौतमले जानकारी दिए ।