काठमाण्डौ । धेरै लामो समयपछि नेपालमा २४ घण्टाको अवधिमा थपिएका कोरोना संक्रमितकै हाराहारीमा डिस्चार्ज हुनेको संख्या कायम भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३५४ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित हालसम्म डिस्चार्ज हुने कुल संक्रमितको संख्या २५ हजार ५६१ पुगेको छ । यसरी हालसम्म निको हुने कोरोना संक्रमित ५८ प्रतिशत पुगेका छन् । अघिल्लो दिनसम्म यस्तो प्रतिशत ५६ मात्र थियो । एकैदिन २ प्रतिशतले निको हुने दर बढेको हो ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५९ संक्रमित थपिएका छन् । योसहित हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ४५४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ६३८ पीसीआर टेस्ट भएको छ । योसहित हालसम्म नेपालमा पीसीआर टेस्ट भएको संख्या ७ लाख ४५ हजार ४९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कुल मृतकको संख्या २७१ पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago