 
                     
                                
                             
                                    काठमाण्डौ । कोरोनाभाइरसबाट सिकिस्त बनेका बिरामीहरुको ज्यान ‘स्टेरोयड’ बाट बचाउन सकिने तथ्य सार्वजनिक भएको छ।
हालै सार्वजनिक एउटा तोजा शोधको नतिजाले यस्तो देखाएको हो। जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित यो शोधअन्तर्गतको नतिजामा कोरोनाबाट गम्भीर रुपमा बिरामी परेका १०० जनामध्ये ८ जनाको ज्यान स्टेरोयडको प्रयोगबाट बचाउन सकिएको उल्लेख छ। हालै भएको एउटा ट्रायलमा आईसीयूमा भर्ना गरिएका कोरोना संक्रमितलाई स्टेरोयड दिइएको थियो।
शोधकर्ताहरुले यो नतिजा निकै प्रभावशाली आएको दाबी गरेका छन्। यद्यपि उनीहरुले स्टेरोयडबाट कोरोनाको उपचार भने नहुने तर गम्भीर रुपमा बिरामी परेकाहरुलाई भने बचाउन सकिने उल्लेख गरेका छन्।
गत जुनमा बेलायतस्थित डेक्सामेथासोन नामक एउटा स्टेरोयडको प्रयोगका विषयमा परीक्षण भएको थियो। यस विषयमा ब्रिटेनका विशेषज्ञहरुले दाबी गरेका थिए कि विश्वभर निकै सस्तो र सजिलै पाइने औषधि डेक्सामेथासोन कोरोनाभाइरस संक्रमित र गम्भीर रुपमा बिरामी परेकाहरुको ज्यान बचाउन सहयोगीसिद्ध हुनेछ। यो औषधिमा स्टेरोयड पाइन्छ।
ताजा अध्ययनअनुसार विश्वभरमा कोरोना बिरामीमा स्टेरोयडको प्रयोगको क्लिनिकल ट्रायलका बारेमा जानकारी समावेश गरिएको छ। यो अध्ययनले कोरोनाका गम्भीर बिरामीमा डेक्सामेथासोन र हाइड्रोकोर्टिसोन नामका दुई स्टेरोयड प्रभावकारी साबित हुने दाबी गरेको छ।
लन्डनको इम्पियरयल कलेजका प्रोफेसर एन्थोनी गाडर्नका अनुसार यो वर्षको सुरुआतको स्थिति निकै हतोत्साहित गर्ने खालको थियो। ‘हामीलाई लागेको थियो कि केही गर्न सकिँदैन’, उनले भने, ‘किनकि हामीसँग यो भाइरसको उपचार गर्ने कुनै तारिका थिएन।’
‘तर अब ६ महिनाभित्र हामीले विश्वसनीय र उच्च कोटीको क्लिनिकल ट्रायलबाट स्पष्ट नतिजा प्राप्त गरेका छौँ कि हामी यो घातक रोगसँग लड्न सक्छौँ’, उनले भने।
यो शोधअन्तर्गत कोरोनाका कारण गम्भीर रुपमा बिरामी परेका १ हजार ७०३ जनालाई समावेश गरिएको थियो। जसमा ४० प्रतिशतको मृत्यु आम उपचारका क्रममा भयो भने ३० प्रतिशतको मृत्यु स्टेरोयड प्रयो गर्ने क्रममा भयो।
यो शोधमा अस्पलतामा उपचाररत गम्भीर बिरामीलाई मात्र समावेश गरिएको थियो।
आम रुपमा स्टेरोयड मानव शरीरको रोग प्रतिरोधक शक्ति र सुजनलाई शान्त पार्छ। यो औषधि दमरोगीका साथसाथै अन्य गम्भीर संक्रमणको मामिलामा प्रइँेग गरिन्छ। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19