काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १७० कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, यो अवधिमा ८७९ संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।
योसहित नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ भने निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । निको हुने दर ७१.५ प्रतिशत रहेको छ ।
पछिल्लो अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको थप संख्या १५ रहेको छ । योसहित कुल मृतकको संख्या ३६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डौमा ४४० संक्रमित थपिएका छन् । यस्तै, ललितपुरमा २९ र भक्तपुरमा ४३ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो अवधिमा मृत्यु हुनेहरुमा १० पुरुष र ५ महिला रहेका छन् ।
मृतक महिलाहरुमा काठमाण्डौ(६१), गोरखा(६३), नवलपरासी(६२), पर्सा(५५), कपिलवस्तु(४७) रहेका छन् ।
यस्तै, पुरुषहरुमा मोरङ(४०र ७०), काठमाण्डौ(७७, ६२, ७३, ८५, ७०), ललितपुर(५५) र भक्तपुर(७३), रामेछाप(२३) रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago