काठमाण्डौ । उपत्यकामा ९०२ सहित देशभर १ हजार ५५९ संक्रमित थपिएका छन् । योसहित हालसम्म कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या  ७७ हजार ८१७ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा देशभर भेटिएका थप संक्रमितमध्ये उपत्यकामा मात्रै ५७.८५ प्रतिशत रहेका छन् । 

सरकारले यो अवधिमा १२ हजार २०५ पीसीआर परीक्षण गर्दा देशभर १५५९ संक्रमित भेटिएका हुन् । 

उपत्यकामा कुल ९०२ संक्रमित भेटिएकामा सबैभन्दा बढी काठमाण्डौ जिल्लामा रहेका छन् । काठमाण्डौमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९२ संक्रमित फेला परेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । निको हुने दर ७२.५१ प्रतिशत रहेको छ । 

पछिल्लो समय देशभर ७ संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ४९८ पुगेको छ ।