काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० कोरोना संक्रमित थपिएका छन् । 

कुल १२ हजार ९७८ पीसीआर टेस्ट भएकोमा २१२० मा कोरोना संक्रमण पुष्टि भएको हो । 

गत २४ घण्टाको अवधिमा देशभरबाट २ हजार ४४ संक्रमित निको भई घर फर्किएका छन् । योसँगै कुल निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । यस्तै, कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । 

हालसम्म देशभरको कुल सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ । 

पछिल्लो अवधिमा काठमाण्डौ जिल्लामा मात्रै १ हजार १ नयाँ संक्रमित थपिएका छन् । ललितपुरमा १०९ र भक्तपुरमा ६७ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा धेरै संक्रमित फेला पर्ने जिल्लाहरुमा चितवन(७५), रुपन्देही(९८), कैलाली(९३), मोरंग(१११), सुनसरी(१२२), रौतहट(८२) रहेका छन् । 

यो अवधिमा थप ८ संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२८ पुगेको छ । 

मृतकमध्ये ३ पुरुष काठमाण्डौ र ललितपुरका छन् भने अरु उपत्यका बाहिरका छन् । उपत्यकाका मृतक पुरुषहरु ६७, ६८ र ८३ वर्षीय रहेका छन् । 

यस्तै, सुनसरीकी २८ वर्षीया महिला, सिन्धुपाल्चोकका ४१ वर्षीय पुरुष, दोलखाका ६५ वर्षीय पुरुष, चितवनकी ७६ वर्षीया महिला, र कैलालीका ७९ वर्षीय पुरुषको मृत्यु भएको छ । 

देशभर ३१ संक्रमित भेन्टिलेटरमा र २१७ जना आइसियूमा उपचाररत् छन् ।