काठमाण्डौ । उपत्यकाका तीन जिल्लामा मात्रै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३७ कोरोना संक्रमित फेला परेका छन् ।
यो भनेको देशभर थपिएका कुल संक्रमित संख्याको ६३ प्रतिशत हो । यो अवधिमा देशभर २ हजार ४४० संक्रमित थपिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा मात्रै ११७८ संक्रमित थपिए । यस्तै, ललितपुरमा पनि हालसम्मकै सर्वाधिक २५० संक्रमित थप भ एभने भक्तपुरमा १०३ थपिए ।
देशभर १३ हजार ७८१ पीसीआर परीक्षण गर्दा यो नतिजा देखिएको हो । यो आधारमा सोमबारको संक्रमणदर १८ प्रतिशत हाराहारी देखिएको छ ।
दैनिक उच्च संख्याको बढोत्तरीसँगै नेपालमा हालसम्मको कुल संक्रमित संख्या ८९ हजार २६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १३३ संक्रमित निको भएका छन् । योसहित निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।
सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको ज्यान गएको छ । यो भनेको एकदिनमा ज्यान जाने हालसम्मकै सर्वाधिक संख्या हो । योसहित कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ५५४ पुगेको छ ।
सोमबार ज्यान गुमाउने १९ मध्ये १२ जना काठमाण्डौ उपत्यकाका छन् । उपत्यकामा मृत्यु भएकाहरुमा ३ वर्षे बालकदेखि ८३ वर्षीया वृद्धासम्म छन् । काठमाण्डौ जिल्लामा मात्रै ९ जनाको ज्यान गएको छ । ललितपुरमा चाहिँ ३ वर्षे बालकसहित ३ जनाको मृत्यु भएको छ ।
उपत्यकाबाहेक सुनसरीमा १, पर्सामा १, सर्लाहीमा २, चितवनमा, गोरखा र नवलपरासीमा १ १ संक्रमितको ज्यान गएको छ ।
सोमबारसम्म भेन्टिलेटरमा ४३ र आइसियूमा २४४ संक्रमितको उपचार भइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago