काठमाण्डौ । सरकारले देशभर कोरोना परीक्षणलाई तीव्र बनाएको छ । योसँगै संक्रमितहरुको संख्या समेत बढ्न थालेको छ ।
गत २४ घण्टामा सरकारले देशभर १९ हजार ३२० पीसीआर टेस्ट गरेको हो, जसमध्ये थपिएका संक्रमितहरुको संख्या ५ हजार ८ रहेको छ । यसको अर्थ आजको संक्रमण दर २६ प्रतिशत पुगेको छ । यो भनेको प्रत्येक १०० जनामा २६ संक्रमित भेटिनु हो ।
यो अवधिमा थप १ हजार २२९ संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ भने निको हुने दर केही घटेर ७०.२ प्रतिशतमा सीमित भएको छ ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी २६७२ उपत्यकाका तीन जिल्लाका छन् । जसमध्ये काठमाण्डौ जिल्लामा २१००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ संक्रमित थपिएका छन् । यसरी हेर्दा कुल थपिएका नयाँ संक्रमितमध्ये उपत्यकामा ५३.४१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा धेरै संक्रमित फेला पर्ने जिल्लाहरुमा मोरंग ३६९, सुनसरी ३९४, चितवन १४७, सिन्धुली ४८, कास्की ५१, तनहुँ ५५, दांग ९३, प्यूठान ४२, बाँके ४५, रुपन्देही २१५, सुर्खेत १३४ लगायत रहेका छन् ।
गत २४ घण्टामा थप १४ कोरोना संक्रमितको ज्यान गएको छ । जसमध्ये २ महिला र १२ पुरुष रहेका छन् ।
मृत्यु हुनेहरुमा ६ जना काठमाण्डौ उपत्यकाका छन् । काठमाण्डौ जिल्लाका एक महिला, २ पुरुष तथा ललितपुरका २ पुरुष र भक्तपुरका १ पुरुषको ज्यान गएको छ ।
यस्तै, सुनसरीका एक पुरुष, मोरंगका २ पुरुष, सर्लाहीका १ पुरुष, मकवानपुरका १ पुरुष, धादिंगकी एक महिला, नलवपरासीपूर्वका एक पुरुष र रुपन्देहीका १ पुरुषको मृत्यु भएको हो । मृतकहरुको उमेर २० वर्षदेखि ९० वर्षसम्म रहेको छ ।
संक्रमणको तीव्रता बढेसँगै भेन्टिलेटर र आइसियूमा उपचार गराउनेहरुको संख्या समेत बढेको छ । शनिवारसम्म देशभर ७७ जना भेन्टिलेटरमा र ३२१ जना आइसियूमा उपचार गराइरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago